© २०२३
बुटवल, ७ पुस ।
विरामी भए कहा जाने ? धरैले भन्नुहोला अस्पताल । तर, बुटवल ८ सुख्खानगर बस्ने नमं्र घिमिरेलाई त्यही अस्पताल जान पनि निकै समस्या लाग्छ । खुट्टामा अपांगता भएका कारण उनलाई अस्पताल जान समस्या भएको हो ।
नम्र १० बर्षअघि रुखबाट लडेकी थिइन् । त्यसपछि उनका दुवै खुट्टाले काम गर्न छाड्यो । अहिले उनको जिवन ह्वील चियरकै भरमा चलेको छ । शारीरिक अपाङ्गता भएका कारण उनलाई लुम्बिनी प्रदेशिक अस्पतालमा स्वास्थ सेवा लिन जान अप्ठायारो हुन्छ । कहिलेकाही त उनी साथीहरुसँग जाने गछिन् तर प्रायजसो उनलाई आपनैे श्रीमानको सहायताले लैजाने गरेता पनि स्वास्थ्य संस्थाहरुमा अपाङ्गता मैत्री नहुँदा उनलाई निकै समस्या परेको बताउँछिन् । कतिपय अवस्थामा आफ्नै श्रीमानले बोकेर चिकित्सककहाँ पुन्याउनु हुन्छ भने । सुरुमा अस्पताल सम्म पुग्नै समस्या अस्पतालमा पुगे पछि टिकट काट्नमा समस्या कुनै बेला टिकट काट्ने ठाउँमा हुने भीडभाडले गर्दा उनको ह्वील चियर पस्दैन । ह्वील चियर एक जनाको छोप्नुपर्छ भने एक जनाले टिकट लिन जानु पर्छ त्यतिबेला कसैले सहयोग गर्ने गर्छन भने कसैले बेवास्ता गर्दछन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरुलाई छुट्टै लाइन तथा ठाउँको ब्यवस्था भए पनि खासै कार्यान्वयन नभएको कारण समस्या झेल्दै आएको उनी बताउँछिन् ।
अपांगता हुनु कसैको चाहना होइन । तर, वाध्यतावश अपांगता हुने गरेको छ । यही अपांगताले उनीहरुलाई सार्वजनिक सेवा सुबिधा लिन र जीवन जीउन समस्या परेको छ । बुटवल ४ बस्ने सिल्पा थापालाई पनि त्यस्तै छ । २१ बर्षे उनी जन्मजात नै दृष्टिबिहीन हुन् । दुृष्टिबिहीन भएका कारण लेख्न पढ्नमा समस्या रहेको बताउँछिन् । बुटवल उप नगरपालिकामा सेवा लिन जाँदा सुचना वोर्डमा अलि ठुलो अक्षरमा सुचना नराखेको कारण उनलाई देख्न समस्या रहेको बताउँछिन् । दृष्टिबिहीन भएका कारण सधै अर्काको सहायता लिनुपर्छ । कसैले त सहज रुपमा बताउने गर्दछन् भने कसैले बेवास्ता गर्दछन् । बुटवल उपमहानगरपालिकाले अपाङ्गता मैत्री नगर भनेपनि यही नगरमा अपांगता भएका व्यक्तिलाई समस्या छ । सुचना बोर्ड सानो अक्षरमा राख्दा धेरै समस्या भएको शिल्पाले बताइन् । पटक पटक ठुलो अक्षरमा सुचना वोडमा सुचना राखीदिनु भन्दा पनि सुनुवाइ नभएको उनी बताउँछिन् ।
त्यस्तै, बुटवलको प्रादेशिक अस्पतालमा उपचारको लागि जाँदा शिल्पालाई निकै समस्या रहेको छ । सुचना वोड होस् वा अन्य ठाउँहरुमा ठुलो अक्षरमा सुचनाहरु नहुँदा पाइलै पिच्छे समस्या भोग्छिन् । टिकट काउन्टर कता हो, अप्रेशन कक्ष कता हो, प्रशासन कहाँनिर छ भन्ने जानकारी नपाउँदा धेरै समस्या भएको उनी सुनाउँछिन् ।
अपाङ्गतालाई १० भागमा विभाजन गरिएको छ । ती शारीरिक, मानसिक, सामाजिक आर्थिकदेखि दृष्टिविहीनसम्म छन् । जुनसुकै अपांगता भएपनि अपांगता भएका व्यक्तिले समस्या भने भोग्नुपरेको छ । सार्वजनिक सेवा अपांगतामैत्री नहँुदा उनीहरु थप जटिलतामा छन् ।
बुटवलमा बस्दै आएकी रुपा आत्रेको अनुभव पनि उस्तै छ । सात बर्षको उमेरमा करेन्ट लागेर दुर्घटना हुँदा उनले दुवै हात गुमाउनु पर्यो । दुवै हात विनाको जीवन कति पीडादायक हुन्छ भने कुरालाई उनी शब्दमा बयान गर्न सक्दिनन् ।
सरकारी अस्पतालमा उपचार प्रक्रिया झन्झटिलो हुने र अपागमैत्री नभएकाले उनी निजी अपतालमा जान ब्याध्य रहेको बताउँछिन् । सरकारी अस्पताललका स्वास्थ्यकर्मीहरुको रुखो ब्यवहारले पनि निजी अस्पताल जाने गर्दछिन् । त्यहाँ पनि अपागतामैत्री ब्यवहार छैन । रुपा भन्छिन् –अपाङ्गता भएकी महिलालाई देख्ने बित्तिकै हामीलाई प्रथामिकतामा राख्नु पर्ने हो । तर टिकट काट्ने देखि लिएर जुनसुकै ठाउँमा पनि प्राथमिकता छैन ।
कालिका मानवज्ञानमा स्नातकतहमा अध्यायनरत आत्रेयले कालिका मानवज्ञानले अपाङ्गतामैत्री शैक्षिक संरचना सञ्चालन गरेता पनि शौचालय, लाइव्रेरी कक्षमा प्रशासन शाखामा जान सहज नरहेको बताउँछिन् । सामाजिक भेदभाव समाजबाट अपहेलीत भएको कारण आफु यो अवस्थामा आउँदासम्मको समस्यामा परेको अनुभव सुनाउँछिन् उनी । आत्रेयले ७ बर्षको उमेरदेखि अहिले सम्म खुट्टाको सहायताले लेख्दै आएको बताउँछिन् ।
स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली बनाएता पनि उनीहरुको स्वास्थ्य, शिक्षा, अपाङ्गता सामाजिक सुरुक्षा, अस्पतालको अपाङ्गतामैत्री संरचना छैन । निःशुल्क सेवा पाइँदैन । अपांगता भएका कतिपयलाई घर परिवार, समाजबाटै अपहेलना र भेदभाव हुने गरेको छ । घर परिवारले किन अस्पताल लैजाने किन शिक्षा दिने भनी शिक्षाबाट बन्चित बनाएर घरभित्रै राखेका उदाहरण समेत रहेका छन् । सडक यातायातमा पनि बाटो काट्ने कहाँनिरबाट हो भन्ने कुरामा पनि समस्या रहेको छ । आकासे पुलको निर्माण भएता पनि अपाङ्गतालाई मध्यनजर नराख्दा हिडडुल गर्न समस्या छ ।
राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रीय सदस्य सावित्रा घिमिरेका अनुसार सरकारी अस्पतालमा रामो्रसँग सेवा पाइँदैन । अस्पतालमा रामो्रसँग ह्वील चियर भएको व्यक्ति जान सकिदैन्, लिपट भएता पनि बिग्रिएको हुन्छ । स्वास्थ्यकर्मीहरुको व्यवहार पनि रुखो रहेको समस्याहरु सुनाउँछिन उनी ।
अपांगता भएका भुक्तभोगीहरु सरकारले उपलब्ध गराउने निःशुल्क औषधी र सेवाहरुबारे समेत अनभिज्ञ छन् । स्वास्थ्य संस्था सुचनामैत्री नहँुदा बिशेषगरी बहिरा तथा सुस्त दृष्टिविहीन सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरु बढी मारमा परेका छन् । म्याद गुजिएका औषधीहरुबारे दृष्टिविहीनहरुले कसरी थाहा पाउने, प्रजनन् तथा परिवार नियोजन सम्बन्धी साधनको प्रयोगमा समस्या आउने गर्छन् । “होचा दृष्टिविहीन वा ह्वील चेयरमा भएका महिलाहरु गर्भवती भएर अस्पताल गयो भने किन यस्तोले बच्चा पाउनुपन्यो किन बिहे गर्नुपर्याे, किन सेक्स गनुपर्यो भन्ने जस्ता दुव्र्यवहार अझै पनि हुन्छ, रामो्रसँग परामर्श गरिदैन्” अपांगता अधिकारकर्मी घिमिरेले भनिन् ।
अपांगता भएका व्यक्तिको अधिकारका लागि अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन छ । तर यी ऐन पनि व्यवहारमा लागु हुन सकेका छैनन् । बुटवल उपमहानगरपालिकाले पछिल्लो समयमा अपाङ्गता भएका व्यक्तिहरुलाई घर घरमा गएर स्वास्थ्य उपचार दिने र औषधी दिने गरेका छन् । उपमहानगरले सामाजिक सुरक्षा भत्ता र परिचय पत्रहरु छुटेका ब्यक्तिहरुलाई परिचय पत्र पनि घरमै बाँडेको उप प्रमुख साबित्रा देवी अर्यालले बताइन् । उनले उपमहानगरले दिएको सेवा सुविधा अपाङ्गता भएका व्यक्तिहरुको लागि थाहा पाउन सन्देश मुलक सुचना पटक पटक प्रशारण गनु पर्ने देखिएकाले आगामी समयमा थप सचेत हुने उनले बताइन् ।