ट्रेंडिंग:

>> रवि लामिछाने बिरुद्ध तीन वटा मुद्धा दर्ता >> रोल्पाको होलेरीमा एमबिबिएस चिकित्सकद्वारा स्वास्थ्य सेवा शुरु >> जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान >> अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन >> निस्शुल्क आँखा जाँच शिविरको अनुगमन गर्दैे पालिका अध्यक्ष थापा र उपाध्यक्ष चौधरी >> कालिका विद्यालयका शैक्षिक उपलब्धिहरूले लुम्बिनी प्रदेशको गौरव बढायोः मुख्यमन्त्री आचार्य >> महिलालाई जति नै पुरुषलाई पनि सौन्दर्य आवश्यक हुन्छ । >> पुस १० गतेका लागि एमालेले बोलायो सचिवालय बैठक >> ब्राजिलमा ट्रक र बस ठोक्किदा २२ जनाको मृत्यु >> होटल पौवा र बुटवल कालिका क्याम्पसबीच सम्झौता >> शनिबार मेलामा भरिए दर्शक >> उखु किसानबाट प्रहरीले अबैध रकम असुलेकोमा विरोध >> पार्टीहरूको अधिवेशनमा देखिने नवौं आश्चर्य >> रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिने >> धान उत्पादन बृद्धि, छैन प्रोत्साहन नीति >> पाका उमेरका बरघर भन्छन् – ‘महिला र युवा आउनुस् हामी नेतृत्व हस्तान्तरण गर्न तयार छौं’ >> विद्यार्थी–शिक्षक प्रोत्साहनको कालिका शैली >> सुस्ताबासीको पीडाः नागरिकता नहुँदा विद्युत पनि पाएनन् >> सदन र सरकारमा समानताको संघर्ष >> देवदह प्रेस क्लवले दोस्रो मिडिया फेस्टिवल गर्दै >> सहज छैन अपाङ्गता भएका ब्यक्तिलाई सार्वजनिक सेवा लिन >> पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने >> काठमाण्डौको हिमालयनलाई दोस्रो मण्डे फुटसलको उपाधि >> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण >> कालीकोट महावै–३ का वडाअध्यक्षमाथि कुटपिट >> कालिका मानवज्ञान माविले बाढ्यो १ करोड ३० लाख को छात्रावृत्ती >> नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम ५ विकेटले पराजित >> एनपीएलको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य >> पाँच हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेशलाई >> चिसोमा विद्यार्थीलाई न्यानो स्वीटर >> चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा >> पुस्तक पठन अनुभूतिः समयको स्पन्दनमा हराउँदा  >> पाँच महिनामा साढे एघार करोड राजस्व >> कफी एक्सप्रेसो पाँच वर्षदेखि अलपत्र >> पशु किसानसँग प्रदेश सरकारः ‘डोर टु डोर’ सेवाले पशुको बाँझोपन हट्दै >> चन्द्रौटामा ९औं महोत्सव हुने, स्थानीय उत्पादन तथा रोजगारीलाई प्राथमिकता >> नवलपरासीमा माइक्रो बस र ट्रक ठोक्किंदा २२ घाइते, ७ जनाको अवस्था गम्भीर >> एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै >> बाजुरामा बिहानै भूकम्पको धक्का >> शान्ति स्कुलको प्रयोगशालामा >> अन्तर माबि लोकदोहोरीमा ६ टिमको प्रस्तुति सम्पन्न >> समिक्षाको प्रस्तुतीमा तात्यो बुटवल >> जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता >> पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई सम्मान >> तिनाउमा विस्फोट हुँदा एक युवकको मृत्यु >> घोराहीमा सातौँ संस्करणको मेयरकप फुटबल सुरु >> ल्होसार पर्व भव्यरुपमा मनाइँदै >> कालिका मानवज्ञानको ६४ औं वार्षिकोत्सव: कबड्डीतर्फ कालिका र भलिवलमा न्यू होराईजन च्याम्पियन >> दाङमा बस र मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु , ११ घाइते

पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने

७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार

काठमाडौँ ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले  कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका आइतबारदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । सोमबार भने अझै बढ्ने देखिएको उनले बताइन् । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौँसम्म आइपुग्ने उनले बताइन् ।

मौसमविद् कँडेलले भनिन्, “पश्चिमबाट पूर्वतर्फ आउँदा प्रणाली कमजोर हुँदै आउने र काठमाडौँमा पनि थोरै बदली भई छिटपुटसम्म वर्षा हुनसक्ने छ, चिसो पनि केही बढ्ने छ ।” प्रणाली लुम्बिनीमा आइपुग्दा भने कमजोर हुने र त्यसको सामान्य असरमात्रै पूर्व तथा मध्यतिर पर्ने जनाइएको छ । यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ ।

यसअघि यही मङ्सिर २९ गते यो वर्षकै अत्यधिक  चिसो भएको थियो । त्यस दिन काठमाडौँको तापक्रम दुई डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७ दशमलव दुईमा झरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?