Butwal Today

चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

१९ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानको बचाउ गर्दै आफ्नो नीतिबाट पछि नहट्ने अडान व्यक्त गर्नुभएको छ । ह्वाइट हाउसले बुधबार सामाजिक सञ्जाल एक्समा उहाँको तस्बिरसहित ‘कहिल्यै पछि नहट्ने’ सन्देश सार्वजनिक गरेको छ ।
डेमोक्रेटहरूले कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गर्ने प्रक्षेपण भइरहेका बेला ट्रम्पले इरान युद्धले छोटो अवधिमा पेट्रोलको मूल्य बढाएर चुनावी परिणाम प्रभावित पारेको स्वीकार गरे। तर, इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सैन्य अभियान आवश्यक रहेको उनको भनाइ थियो ।
आफू निर्वाचनमा उम्मेदवार भएको भए रिपब्लिकनहरूले जित्ने दाबी गर्दै उनले चुनावी सभामा देखिएको आफ्नो लोकप्रियता अन्य उम्मेदवारमा हस्तान्तरण हुन नसकेको बताए।
यसैबीच, उपराष्ट्रपति जेडी भान्सले आन्तरिक सर्वेक्षणले इरान युद्ध, मुद्रास्फीति, ‘अमेरिका फर्स्ट’ नीति र इजरायलसँगको सम्बन्धबारे मतदातामा असन्तुष्टि देखाएको बताए । उनले इरान युद्धलाई रिपब्लिकन पार्टीको चुनावी पराजयको प्रमुख कारणका रूपमा औँल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?