© २०२३
बुटवल, ५ पुस । बुटवलमा जारी औद्योगिक व्यापार मेला बुटवल–२०८१ को सास्कृतिक कार्यक्रमतर्फ अन्तर माबि लोकदोहोरी गीत प्रतियोगिताको पहिलो चरणमा ६ विद्यालयको प्रतिस्पर्धा सम्पन्न भएका छन । विहिबार एपेक्स मावि र सगरमाथा मावि, शुक्रबार कान्ति मावि र क्यानन मावि तथा शान्ति नमूना मावि र कालिका माविको बिचमा प्रतिस्पर्धा भएको साँस्कृतिक उपसमितिका संयोजक निर्मित कसजुले बताए ।
प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता रहेको उनले बताए । दुई समूहमा विभाजन गरि आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद २० हजार रुपैया सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने उनले बताए । उपविजेता टिमले नगद १५ हजार पुरस्कार, तृतीय टिमले नगद १० हजार तथा सान्त्वना हुने टिमले नगद ५ हजार रुपैया प्राप्त गर्ने संयोजक कसजुले बताए ।
यसैगरि साँस्कृतिक कार्यक्रम अन्तरगत भ्वाइस अफ बुटवलमा अडिसन राउण्डबाट छनोट भएका १२ जना प्रतियोगीको बिचमा शनिबार प्रतिस्पर्धा हुने सास्कृतिक उपसमितिका सहसंयोजक सुमन श्रेष्ठले बताए । बुटवल मण्डपमा पुसको १८ गतेसम्म सञ्चालन हुने महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको यो प्रतियोगिताको विजेताले नगद ५५,५५५ रुपैया सहित आकर्षक गिफ्टह्यम्पसर तथा फष्ट रनरअपले नगद ३०, ३३३ रुपैयाँसहित गिफ्टह्याम्पर प्राप्त गर्ने उनले बताए ।
मेलामा शुक्रबार चर्चित गायिका समीक्षा अधिकारीसहित स्थानीय कलाकारहरु लालुमाया थापा, सम्झना रणपाल, श्रीकृष्ण अर्याल तथा भुवन अधिकारीले प्रस्तुति रहेको साँस्कृतिक उपसमितिका सहसंयोजक दिपक कार्कीले बताए ।