ट्रेंडिंग:

>> हङकङबाट काठमाडौं आएका यात्रु जहाजमै अचेत, अस्पतालमा मृत घोषित >> आयसर रुट बसको ग्राहक भेला >> अमेरिकाले यमनमा हुथी विद्रोहीका लक्ष्यमा हवाई आक्रमण गर्यो, १६ जना घाइते >> पहिरो खस्दा महाकाली लोकमार्ग सडकखण्ड अवरुद्ध >> ११ सयले बढ्यो सुनको मूल्य >> शनिबारको भूकम्पबाट आठ घर पूर्ण रूपमा क्षति >> महिला उद्यमीका लागि श्रोतको खोजी >> रवि लामिछाने बिरुद्ध तीन वटा मुद्धा दर्ता >> रोल्पाको होलेरीमा एमबिबिएस चिकित्सकद्वारा स्वास्थ्य सेवा शुरु >> जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान >> अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन >> निस्शुल्क आँखा जाँच शिविरको अनुगमन गर्दैे पालिका अध्यक्ष थापा र उपाध्यक्ष चौधरी >> कालिका विद्यालयका शैक्षिक उपलब्धिहरूले लुम्बिनी प्रदेशको गौरव बढायोः मुख्यमन्त्री आचार्य >> महिलालाई जति नै पुरुषलाई पनि सौन्दर्य आवश्यक हुन्छ । >> पुस १० गतेका लागि एमालेले बोलायो सचिवालय बैठक >> ब्राजिलमा ट्रक र बस ठोक्किदा २२ जनाको मृत्यु >> होटल पौवा र बुटवल कालिका क्याम्पसबीच सम्झौता >> शनिबार मेलामा भरिए दर्शक >> उखु किसानबाट प्रहरीले अबैध रकम असुलेकोमा विरोध >> पार्टीहरूको अधिवेशनमा देखिने नवौं आश्चर्य >> रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिने >> धान उत्पादन बृद्धि, छैन प्रोत्साहन नीति >> पाका उमेरका बरघर भन्छन् – ‘महिला र युवा आउनुस् हामी नेतृत्व हस्तान्तरण गर्न तयार छौं’ >> विद्यार्थी–शिक्षक प्रोत्साहनको कालिका शैली >> सुस्ताबासीको पीडाः नागरिकता नहुँदा विद्युत पनि पाएनन् >> सदन र सरकारमा समानताको संघर्ष >> देवदह प्रेस क्लवले दोस्रो मिडिया फेस्टिवल गर्दै >> सहज छैन अपाङ्गता भएका ब्यक्तिलाई सार्वजनिक सेवा लिन >> पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने >> काठमाण्डौको हिमालयनलाई दोस्रो मण्डे फुटसलको उपाधि >> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण >> कालीकोट महावै–३ का वडाअध्यक्षमाथि कुटपिट >> कालिका मानवज्ञान माविले बाढ्यो १ करोड ३० लाख को छात्रावृत्ती >> नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम ५ विकेटले पराजित >> एनपीएलको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य >> पाँच हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेशलाई >> चिसोमा विद्यार्थीलाई न्यानो स्वीटर >> चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा >> पुस्तक पठन अनुभूतिः समयको स्पन्दनमा हराउँदा  >> पाँच महिनामा साढे एघार करोड राजस्व >> कफी एक्सप्रेसो पाँच वर्षदेखि अलपत्र >> पशु किसानसँग प्रदेश सरकारः ‘डोर टु डोर’ सेवाले पशुको बाँझोपन हट्दै >> चन्द्रौटामा ९औं महोत्सव हुने, स्थानीय उत्पादन तथा रोजगारीलाई प्राथमिकता >> नवलपरासीमा माइक्रो बस र ट्रक ठोक्किंदा २२ घाइते, ७ जनाको अवस्था गम्भीर >> एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै >> बाजुरामा बिहानै भूकम्पको धक्का >> शान्ति स्कुलको प्रयोगशालामा >> अन्तर माबि लोकदोहोरीमा ६ टिमको प्रस्तुति सम्पन्न >> समिक्षाको प्रस्तुतीमा तात्यो बुटवल

पार्टीहरूको अधिवेशनमा देखिने नवौं आश्चर्य

७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार

आजभोली विभिन्न पार्टीका वडा कमिटीदेखि प्रदेश कमिटीसम्मका अधिवेशन सञ्चालन भईरहेका सन्देश धमाधम आइरहेका छन् । यो लोकतन्त्रको एउटा कडि हो । पार्टीको विधान अनुसार हरेक अधिवेशनहरू सम्पन्न हुनुपर्दछ । यसलाई पार्टी भित्रको आवधिक निर्वाचन पनि भन्न सकिन्छ । आवधिक निर्वाचनको कुरा हाम्रो संविधानले व्यवस्था गरेको छ । आवधिक निर्वाचन राज्यले गराउनेमात्र नभएर हरेक पार्टी भित्र हुने सम्मेलन वा अधिवेशन समेत पर्दछन् । यसलाई सकारात्मक रूपमा लिनुपर्दछ । केही वडाका अधिवेशनहरू आफै हेर्ने अवसर समेत जुर्न गयो र धेरै अधिवेशनको सन्देश प्राप्त भयो । जसलाई विभिन्न सञ्चार माध्यबाट अध्ययन गर्ने असर जुर्न पुग्यो । हरेक अधिवेशन आवधिक हुन्छन् । कहिलेकाँही मात्र समय भन्दा अगावै गर्नुपर्ने वाध्यता आइलाग्छ । यो वाध्यता विविध कारणबाट आउने गर्दछ । विधानले तोकेको मितिमा गरिने अधिवेशनले कार्यकर्तामा एक प्रकारको उर्जा समेत प्रदान गर्दछ । पुरानो कार्यसमितिले ठिक ढंगले कार्य गरेको भए पुनः अनुमोदन हुन सक्ने र केही काम गर्न असमर्थ वा अल्छिपना भएकालाई विदा दिन पनि सहज हुन्छ । यस अवसरमा नयाँ युवाहरूको प्रवेशको लागि पनि एउटा अवसर मिल्दछ । हरेक मानिससंग नयाँ योजना हुन सक्दछन्, विचार प्रवाह गर्ने नयाँ तरिका हुनसक्दछ । यसकारण पनि अधिवेशन भनेको यसरी नयाँ कार्यकर्ता प्रवेशदेखि लिएर विचार प्रवाहमा नयाँ ढाँचा प्रवेश गराउने अवसर समेत मिल्दछ । यही अधिवेशनमा सिंगो कार्यकालको समीक्षा समेत हुने गर्दछ । यसले पनि नयाँ कार्य गर्नका लागि मार्गदर्शन गर्दछ । यसै अवसरमा आफूले देखेका केही वडा कमिटीका अधिवेशनहरूमा पुराना पाका पञ्चायत कालमा अर्धभूमिगत वा भूमिगत रहेर कार्य गरेका, भूमिगत नेता कार्यकर्ताहरूलाई आश्रय दिएका वा पार्टीमा विभिन्न कोणबाट सघाएकाहरूलाई समेत सम्मान गरेको देखियो । यसबाट नयाँ कार्यकर्ताहरूमा उत्साह आउन सक्छ । विगतमा विभिन्न कमिटीमा रहेर सघाउनेहरू जो ज्यान जोखिममा राखेर काममा खट्नु भयो । उहाँहरूलाई सम्मान गरेको देख्दा र सुन्दा मन अति प्रसन्न हुनु स्वभाविक हो ।
पार्टीमा लाग्नेहरू कोही पनि सम्मान पाउन भन्दा मुलुक र नागरिकको स्वतन्त्रता, हित र हकका निम्ति डटेर लागेका हुन्छन् । यसकारण सम्मानको मोह भन्दा पनि मुलुकको स्वतन्त्रताको कुरा मूल कुरा हुन्छ तर कहिलेकाँही सम्मान पनि गर्न जान्नु पर्दोरहेछ । यस प्रकारका सम्मानले उहाँहरूलाई अझ उर्जावान बन्न सघाउँछ । पार्टीमा लामो समय खटेर लागेकाहरू जो ज्येष्ठ अवस्थामा छन् उनी अति इमान्दार छन्, उनीहरूले समाज वा पार्टीबाट पाउने भनेको सम्मान त हो नि । यसकारण आफ्नो समयमा पार्टीमा योगदान दिएकाहरूलाई सम्मान गर्नु उत्तम कुरा हो । पञ्चायत कालमा भूमिगतरूपमा काम गरेकोहरू अहिले कतिपय वृद्ध तथा वयोवृद्ध समेत भइसक्नु भएको छ । अव उहाँहरू मध्ये कतिपय कार्यक्षेत्रमा उत्रन सक्नुहुँदैन । तर, हिंजो पञ्चायत काल त्यो भन्दा पछि पनि पार्टीको काममा खटेकाहरूका मनमा एक प्रकारको पार्टीप्रति सुदृष्टि रहेको छ तर शारीरिक अशक्तताका कारणले पहिले जस्तो काममा खट्न सक्नु हुँदैन । उहाँहरूबाट हामीले लिने भनेको सल्लाह सुझाव हो र उहाँलाई प्रदान गर्ने भनेको सम्मान हो । एउटा सानो सम्मानले पनि उहाँहरूको मनमा ठूलो सन्तुष्टि मिल्छ । यसबाट नयाँ कार्यकर्ताहरूलाई इमान्दारीपूर्वक कार्यमा खटेर लागेमा कम्तिमा पनि सम्मान पाउन सकिन्छ भन्ने भावना विकास हुनसक्छ । यसकारण यसका दुर्वल पक्ष भन्दा पनि सवल पक्ष धेरै छन भन्ने लाग्दछ । त्यसैले सम्मानको पाटोलाई छोडन हुँदैन भन्दा अन्यथा हुने छैन । कतिपय वडाका अधिवेशनमा पार्टी कार्यकर्ताको उत्साहजनक उपस्थिति देखियो भने कतिपय वडामा वडास्तरका नेता, कार्यकर्ताको उपस्थिति निकै कम र पालिका, जिल्ला, प्रदेश र केन्द्रस्तरमा अगुवाई गर्ने सदस्यहरूदेखि लिएर अन्य पदका कामरेडहरूको वाक्लो उपस्थिति देखियो । वडास्तरमा कार्यकर्ताहरूलाई कति सूचना प्रवाह गरियो, त्यसको वारेमा थाहा भएन तर विभिन्न पालिका, जिल्ला र प्रदेश तथा केन्द्रका नेता कार्यकर्ताको वारेमा बुझ्दा कतिपय विना निम्तो समेत उपस्थित हुनु भएको पाइयो । उपस्थित हुनु कुनै आपत्तिजनक कुरा भएन तर कार्यक्रम स्थलमा पुगेर आसन ग्रहणदेखि लिएर क्रम नमिलेकोमा समेत कुरा उठेको र उठाइएको पाइयो । कुरा यत्तिमा सिमित रहेन त्यहाँ उपस्थित भएका पालिका, जिल्ला र प्रदेशका कमरेडहरू जति सबैलाई मन्तव्यका लागि समय समेत दिनुपर्ने रहेछ । कतिपय स्थानमा त एक स्थानमा आसन ग्रहण अनि मन्तव्य पश्चात कार्यक्रम समापन हुनु अगावै उठने अनि नजिकको अर्को वडामा पुगेर उही प्रवृति दोह¥याउने गरेको समेत पाइयो । पहिलो कार्यक्रममा समयमा उपस्थित नहुने अनि कार्यक्रम चल्दै गर्दा उठेर हिंडने प्रवृति समेत देखियो । यसले कुन कार्यकर्ताको मनमा उत्साह आउला ? उनीहरूलाई यसबाट के र कस्तो पाठ सिक्ने अवसर मिल्ला ? यो अहिले देखिएको यक्ष प्रश्न हो । यस्तो कार्य गर्नेहरूलाई त रमाईलो लागेको होला । अधिवेशनमा पुगेपछि कतिपय स्थानमा खादा मालाको समेत व्यवस्था गरिएको हुन्छ । खादा माला र नास्ता समेत कुम्ल्याउन पाएपछि जति वडा घुमे पनि भयो । भूमिगत कालमा काम गरेकाहरूलाई यो प्रवृति अनौठो लाग्नु कुनै अनौठो होइन । उनीहरूले अपनाएको लवाईखवाई, त्यो अवस्थाको नागरिकसंगको बोलीचाली, कडा अनुशासन शैली र आलोचना, आत्मालोचना सबै कुरा जमिन आकाशको फरकमा पुगेको छ । भूमिगत कालमा नागरिकसंग गरिने व्यवहार र वसाई अहिलेको व्यवहार नमिलेको देख्ने हामीहरूले कस्तो समाज निर्माण गर्न लागेका छौं ? भन्ने प्रश्न गर्ने गर्दछन् । कतिपयले त यो प्रवृतिले हामीले कस्तो समाजवाद चाहेका छौं भनेर प्रश्न समेत गरेको सुन्न पाइयो ।
उहाँहरूको विचारमा कतै वदलाव नआएको पनि हुन सक्छ । समय अनुसार बदलिनु पर्छ भन्ने पनि कुरा आउन सक्ला तर निम्ता नगरि पुग्नु, ठाउँ नपुगरे पनि आसनग्रहणको भोक लाग्नु, अनि मन्तव्यको लोभ लाग्नु यी सबैलाई जोडेर हेर्ने हो भने आफैपनि एउटा प्रश्न गर्न सकिन्छ । पार्टीले यतिवेला सबै नेता तथा कार्यकर्ताहरूलाई नागरिकको समिपमा बस्नुपर्छ अनि उनीहरूका सुखदुखमा साथ सहयोग दिनु पर्दछ भनेको छ । पार्टी भूमिगत कालमा र प्रजातान्त्रिक व्यवस्था आगमनका आरम्भका दिन जुन समयसम्म पार्टी खुला भएको थिएन अर्थात पार्टीका कार्यकर्ता को कुन पद वा स्तरमा छ भन्ने कुरा खुलेको थिएन, त्यतिवलासम्म हरेक नेता तथा कार्यकर्ताहरू कडा अनुशासासन लगायतका कुरामा अडिग थिए । जनवादी व्यवस्था ल्याउनमा विश्वस्त थिए । यतिवेला पार्टीले जनताका सामुमा जाउ र उनीहरूसंग एकाकार गर भन्ने सन्देश दिएको छ । तर यहाँ भने आसनग्रहण, मन्तव्य, अनि खाली रटानको भाषामा निर्वाचनको रटमात्र लगाइको देख्दा नवौं आश्चर्य लागेर आउँछ । सबै नेता कार्यकर्ता ताँत लागेर कुनै वडाको अधिवेशनमा जानु भन्दा निश्चित स्थानमा पुगेर त्यहाँका किसान, मजुदुर, लगायत सर्वसाधारणसंग साक्षात्कार गर्न सक्ने हो भने समयको सुदुपयोग गरेका ठहर्ने छ । सायद यसैलाई काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर भनेको होला । वडा अधिवेशनमा विना निम्तो पुग्ने अनि आसनग्रहण र मन्तव्यका लागि दवाव दिने गर्नेहरूलाई यो उखान अति सान्दर्भिक छ भन्ने लाग्दछ । यो प्रवृति पार्टीले र कार्यकर्ताले तत्काल पूर्णरूपले सुधार्नु पर्दछ । तत्काल सुधारिएन भने जस्ता थिए मित्ज्यू उस्ताका उस्तै हुने छ । प्रतिफल सुन्य रहने छ । चेतना भया ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?