© २०२३
बुटवल, ६ पुस । रुपन्देहीका निमार्णकर्मीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय गुणस्तरको टायल उत्पादन गर्दै आएको पशुपति सेरामिकले रुपन्देहीका निर्माणकर्मीहरुसंग शनिबार अभिमुखिकरण कार्यक्रम गरेको हो ।
कम्पनीको उत्पादित टायलबारे जानकारी दिने गरि अभिमुखिकरण कार्यक्रम गरिएको पशुपति शेरामिकका प्रबन्ध निर्देशक सरोज रौनियारले बताए । ‘टायल्स फर एभरी एज’ ट्यागसहित स्थापित कम्पनी करीब ६ हजार वर्गमिटर क्षेत्रफलमा ईटालियन प्रविधिमा आधारित अतिसुविधा सम्पन्न नेपालकै एकमात्र कारखाना भएको उनले बताए । एटिएस ब्राण्डको टायललाई नेपालकै पहिलो बहुराष्ट्रिय ज्वाईन्ट भेन्चरको रुपमा उत्पादन गरि दुई वर्षअघि स्थापना भएको हो । सेजभित्र स्थापना भएको कम्पनी निर्यातसमेत गर्दै आएको उनले बताए । ‘नेपालमा टायल उत्पादन गर्ने ६ वटा कम्पनीहरुमध्ये एटिएस सबैभन्दा ठुलो लगानीको कम्पनी हो ।’— उनले भने । नेपाली उपभोक्तालाई नेपालमै उत्पादित अन्तराष्ट्रिय ब्राण्डका टायल सस्तो र सुलभ मुल्यमा हासिल गर्न सहज गराउने, कम्पनीको उत्पादन गुणस्तरीय, उत्कृष्ट डिजाईनका हुनुका साथै शतप्रतिशत वाटरप्रुफ रहेका समेत उनले बताए । अन्तराष्ट्रिय गुणस्तरको टायल स्वदेशमै उत्पादन हुदा वार्षिक रुपमा नेपालबाट बाहिरिएको करीब २० अर्ब रुपैया देशभित्र नै रहने छ । यसका साथै विदेशमा निर्यात हुदा राष्ट्रको विदेशी मुद्रा आर्जन गर्न र संचितमा वृद्घि हुने तथा यस कम्पनीले नेपाललाई छिट्टै भविष्यमा टायल उत्पादनमा आत्मनिर्भरका साथै टायल निर्यात गर्ने राष्ट्रको सुचिमा ल्याई विश्व बजारमा परिचित बनाउन मद्त गर्ने विश्वास लिएको उनले बताए । कम्पनीले २५० जनालाई प्रत्यक्ष तथा २५०० जनालाई अप्रत्यक्ष रुपमा रोजगार दिएको छ ।
कार्यक्रमको एक समारोहका बिच तिलोत्तमा ब्यापार संघका नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष जेपि कंडेलले उद्घाटन गर्दै आफ्नै देशमा उत्पादन भएको उत्पादनको प्रयोगमा जोड दिनुपर्ने बताए । सरकारबाट स्वदेशी उद्योगलाई प्रवद्र्घन गर्न जरुरी रहेको भन्दै देशभित्र नै युवालाई रोजगार सृजना गरेर महत्वपूर्ण काम समेत गरेको उनले बताए ।
कार्यक्रममा पशुपति शेरामिकका सेल्स डाईरेक्टर सन्नी निमाभटले भारतको गुजरातमा चार वटा फैक्टीबाट उत्पादन गर्दै आएकोमा नेपालमा पाचौ फैक्टरीको रुपमा नेपालमा गत एकवर्षदेखि शुरु गरेको बताए । यो सबै प्रकार र आकारका टायल उत्पादनका लागि स्पेन, ईटली, चीन र भारतबाट मेशिनहरु आयात गरि करीब २ अर्बको लगानीमा कम्पनी स्थापना भएको उनले बताए । दैनिक १५००० वर्ग मिटर उत्पादन क्षमता रहेको भने उत्पादनले नेपाली बजारको करीब ४० प्रतिशतको हिस्सा ओगट्ने लक्ष्य रहेको छ । पशुपति नेपालमा मल्टी उत्पादन गर्ने कम्पनी भएको उनले बताए । सबै प्रकारको टायलमा २० वर्षको ग्यारेन्टी रहेको उनले बताए । कम्पनीबाट ६०० बाई ६०० को १० एमएम, ४०० बाई ४०० को ८ एमएम, ४०० बाई ४०० को १२ एमएम, ३०० बाई ४५० को ८ एमएम सेमी भेटरीफाईड टायल र टायल एडिसिव उत्पादन गर्दै आएको उनले बताए । भविष्यमा कम्पनीबाट ६०० बाई १२०० जिबिटी र पिजिभिटी टायल, एटिएस ब्राण्डका धारा पनि उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए ।
कार्यक्रममा वरिष्ठ ईन्जिनियर छबिन्द्र भट्टराईले निर्माणकर्मीलाई तालिम नभईरहेको बेला टायल उत्पादन कम्पनीबाट नै जडानबारे अभिमुखिकरण दिन जरुरी रहेको बताए । जडान र सुन्दरता देखाउने गरि तालिम उपयोगी हुने उनले बताए । टायल फुट्ने समस्या, ओसेप समस्या पहिचान गरि समाधानतर्फ समेत अग्रसरता जरुरी रहेको उनले बताए ।
कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, वरिष्ठ ईन्जिनियर छबिन्द्र भट्टराई, मातृभुमि ट्रेडसका राजन ढकालले पशुपति सेरामिक प्रालि सिमराबाट उत्पादित एटिएस ब्राण्डबाट घर निर्माणमा उपयोगी टायल, सेरामिक, धाराहरु लगायत धेरै उत्पादन ल्याएर आर्थिक रुपमा सबल हुने गरि काम गरेको बताए । कार्यक्रममा रुपन्देहीमा रहेका करिब १६४ बढि निमार्णकर्मीहरु सहभागी भएका थिए ।