© २०२३
चन्द्रौटा, ६ पुस ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३ ले विद्यार्थीहरूलाई न्यानो स्वीटर वितरण गरेको छ । वडा भित्रका धर्म ज्योति आधारभूत विद्यालय भितरिया, बेवर भवानी आधारभूत विद्यालय मैनार बुलकियाका विद्यार्थीहरूलाई शुक्रबार वितरण गरेको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष टेकलाल सापकोटाले धार्मिक तथा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका करिब ९५ जना विद्यार्थीलाई वितरण गरिएको बताए । उनले ग्रामिण भेगका न्यून आयस्रोत भएको परिवारका बालबालिका जाडोयाममा कठ्यांग्रिन नपरोस भन्दै विद्यालयमै पुगी प्रदान गरेको जनाए । विभेद नगरी विद्यार्थीको सर्वाङ्गीण विकास ध्यान पु¥याउन अभिभावकलाई उनले आग्रहसमेत गरे ।
अभिभावकहरूले बालबालिकालाई विभेद नगर्न आग्रह गर्दै उनीहरूको शिक्षाप्रति ध्यान दिन आवश्यक रहेको वडा अध्यक्ष सापकोटाले बताए । लत्ताकपडा, जुत्ता समेत लगाउन नसक्नेले पनि मजदुरी गरेर भएपनि विद्यार्थीको शिक्षालाई प्राथमिकता दिनुपर्ने उनले जनाए । स्वीटरले केही हदसम्म भएपनि राहत मिल्ने जनाउँदै यस वडा कार्यालयले शिक्षालाई प्राथमिकतामा राखेको बताए । नगरभित्र वडाको नीति कार्यक्रमले जनसमुदायमा छुट्टै पहिचान बनाइएको स्थानीयले हरजु थारुले बताए । वडाले गरेको कार्य प्रशंसा गर्दै यस कार्यक्रम प्रभावकारी रहेको उनले बताए । वडाभित्रका सामुदायिक तथा धार्मिक विद्यालयका ७४० जना विद्यार्थीलाई वितरण गरिने वडा सदस्य श्यामलाल थारुले बताए ।