ट्रेंडिंग:

>> ११ सयले बढ्यो सुनको मूल्य >> शनिबारको भूकम्पबाट आठ घर पूर्ण रूपमा क्षति >> महिला उद्यमीका लागि श्रोतको खोजी >> रवि लामिछाने बिरुद्ध तीन वटा मुद्धा दर्ता >> रोल्पाको होलेरीमा एमबिबिएस चिकित्सकद्वारा स्वास्थ्य सेवा शुरु >> जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान >> अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन >> निस्शुल्क आँखा जाँच शिविरको अनुगमन गर्दैे पालिका अध्यक्ष थापा र उपाध्यक्ष चौधरी >> कालिका विद्यालयका शैक्षिक उपलब्धिहरूले लुम्बिनी प्रदेशको गौरव बढायोः मुख्यमन्त्री आचार्य >> महिलालाई जति नै पुरुषलाई पनि सौन्दर्य आवश्यक हुन्छ । >> पुस १० गतेका लागि एमालेले बोलायो सचिवालय बैठक >> ब्राजिलमा ट्रक र बस ठोक्किदा २२ जनाको मृत्यु >> होटल पौवा र बुटवल कालिका क्याम्पसबीच सम्झौता >> शनिबार मेलामा भरिए दर्शक >> उखु किसानबाट प्रहरीले अबैध रकम असुलेकोमा विरोध >> पार्टीहरूको अधिवेशनमा देखिने नवौं आश्चर्य >> रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिने >> धान उत्पादन बृद्धि, छैन प्रोत्साहन नीति >> पाका उमेरका बरघर भन्छन् – ‘महिला र युवा आउनुस् हामी नेतृत्व हस्तान्तरण गर्न तयार छौं’ >> विद्यार्थी–शिक्षक प्रोत्साहनको कालिका शैली >> सुस्ताबासीको पीडाः नागरिकता नहुँदा विद्युत पनि पाएनन् >> सदन र सरकारमा समानताको संघर्ष >> देवदह प्रेस क्लवले दोस्रो मिडिया फेस्टिवल गर्दै >> सहज छैन अपाङ्गता भएका ब्यक्तिलाई सार्वजनिक सेवा लिन >> पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने >> काठमाण्डौको हिमालयनलाई दोस्रो मण्डे फुटसलको उपाधि >> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण >> कालीकोट महावै–३ का वडाअध्यक्षमाथि कुटपिट >> कालिका मानवज्ञान माविले बाढ्यो १ करोड ३० लाख को छात्रावृत्ती >> नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम ५ विकेटले पराजित >> एनपीएलको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य >> पाँच हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेशलाई >> चिसोमा विद्यार्थीलाई न्यानो स्वीटर >> चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा >> पुस्तक पठन अनुभूतिः समयको स्पन्दनमा हराउँदा  >> पाँच महिनामा साढे एघार करोड राजस्व >> कफी एक्सप्रेसो पाँच वर्षदेखि अलपत्र >> पशु किसानसँग प्रदेश सरकारः ‘डोर टु डोर’ सेवाले पशुको बाँझोपन हट्दै >> चन्द्रौटामा ९औं महोत्सव हुने, स्थानीय उत्पादन तथा रोजगारीलाई प्राथमिकता >> नवलपरासीमा माइक्रो बस र ट्रक ठोक्किंदा २२ घाइते, ७ जनाको अवस्था गम्भीर >> एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै >> बाजुरामा बिहानै भूकम्पको धक्का >> शान्ति स्कुलको प्रयोगशालामा >> अन्तर माबि लोकदोहोरीमा ६ टिमको प्रस्तुति सम्पन्न >> समिक्षाको प्रस्तुतीमा तात्यो बुटवल >> जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता >> पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई सम्मान >> तिनाउमा विस्फोट हुँदा एक युवकको मृत्यु >> घोराहीमा सातौँ संस्करणको मेयरकप फुटबल सुरु

विद्यार्थी–शिक्षक प्रोत्साहनको कालिका शैली

७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार

बुटवल, ७ पुस ।
अभय मिश्र कालिका मानवज्ञान माध्यमिक विद्यालयको कक्षा ११ को प्राविधिक ईन्जिनियरिङ्ग तर्फका विद्यार्थी हुन । विद्यालयमा उनलाई लगनशील विद्यार्थीको रूपमा धेरैले चिन्दछन् । सामान्य किसान परिवारमा हुर्किएका मिश्रले अध्ययन गर्नका लागि कसैसँग पनि आर्थिक रूपमा हात थाप्नु पर्दैन । लगनशील र जेहन्दार विद्यार्थी भएका कारणले सबै खर्च अहिले विद्यालयले व्यवस्थापन गरिरहेको छ ।
विद्यालयले विद्यार्थीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले निःशुल्क शिक्षा प्रदान गरिरहेको छ । मिश्रले कक्षा ९ बाट यस विद्यालयमा अध्ययन गर्न थालेका हुन् । उनले पहिलो वर्ष केहि भर्ना शुल्क तिरे पनि अहिले निःशुल्क पढिरहेका छन् । उनलाई विद्यालयले दिएको सुविधाका कारण अध्ययन गर्न पैसाको जोहो गर्नुपर्ने चिन्ता छैन् । उनी भन्छन्, विद्यालयले दिएको निःशुल्क अध्ययन गर्ने अवसरले गर्दा घरमा बुवा आमालाई आर्थिक बोझ कम भएको छ ।
त्यसैगरी भविष्यमा डाक्टर बन्ने सपना बोकेकी बुटवल बेलबासकी नवशिक्षा भण्डारीले पनि विद्यालयले दिने छात्रवृत्तिमा अध्ययन गर्न पाउँदा निकै खुशी लागेको बताईन । उनले विद्यालयले दिएको प्रोत्साहनले अध्ययन गर्न थप हौसला मिलेको बताईन । उनले विद्यालयले विभिन्न समयमा विभिन्न क्षेत्र समावेश गरेर दिने छात्रावृत्तिले धेरै विद्यार्थीहरूलाई अध्ययनमा राहत पुगेको बताउँछिन् ।
विद्यालयका सहायक प्रधानाध्यपक पिताम्बर बन्जाडेले विद्यार्थीहरूले थप प्रगती गरुन भन्ने उद्देश्य राखेर शिक्षक विद्यार्थी प्रोत्साहन कार्यक्रमलाई शुरुवात गरिएको बताउँछन् । विगतमा उत्कृष्ट, जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति दिए पनि प्रोतसाहन गर्ने भन्ने खालका कार्यक्रम थिएन । हामीले विद्यार्थीलाई मात्र होईन ।
धेरै समय विद्यार्थीसँगै रहने शिक्षकलाई पनि प्रोत्साहन गर्नु पर्छ भन्ने साेंचेर नै २०६७ सालबाट नै शिक्षकलाई वर्ष शिक्षकको रूपमा सम्मान गर्ने योजना शुरु गरेका हौं यसले शिक्षकहरूलाई समेत आफनो विषयमा कसरी विद्यार्थीहरूलाई सय प्रतिशत उत्तिर्ण बनाउने भन्ने तर्फ अग्रसर बनाएको छ ।
उनले विद्यालयमा विभिन्न समयमा विभिन्न समाजसेवीहरू जम्मा गरेको करिव एक करोड बराबरको अक्षयकोष छ त्यो रकमबाट पनि विद्यार्थी छात्रवृद्धि प्रदान गरिरहेको बताए । यो प्रोत्सहान छात्रवृद्धि बाहेक थप प्रोत्साहन गरेर विद्यार्थीहरूलाई थप हौसला बढाउन सहयोग गरेको बताए । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा अहिले बाल कक्षादेखि कक्षा १२ का विभिन्न संकायमा अध्ययन गर्ने करिव ८ हजार विद्यार्थी मध्ये २५ प्रतिशतले कुनै न कुनै रूपमा विद्यार्थी प्रोत्साहन कार्यक्रममा सहभागी रहेको सहायक प्रअ बन्जाडेको भनाई छ ।
विद्यार्थी र शिक्षक एक आपसका सहयात्री हुन त्यसैले हामीले वर्ष दिन भरीको गरेका कार्य, जिम्मेवारी, विषयगत उपलब्धी, कार्य मुलक अनुसन्धानका आधारमा मूल्यांकन गरेर वर्ष शिक्षक अर्वाड प्रदान गर्ने गरेको बताए । त्यसैगरी उत्कृष्ट ईन्चार्जलाई सम्मान गरेर शिक्षक प्रोत्साहन गर्ने गरेका छौ । यसले पनि विद्यालयको वार्षिक नतिजामा राम्रो प्रभाव राखेको छ । त्यसै गरी विद्यालयले निजि स्रोतका शिक्षकहरूलाई समेत सरकारी स्केलको तलव अतिरिक्त भत्ता लगायतका व्यवस्था छ । त्यसका साथै अरू विभिन्न सेवा सुविधाले पनि शिक्षकहरूलाई प्रोत्साहन गरिरहेको सहायक प्रअ बन्जाडेले बताए ।
विद्यालयका परिक्षा संयोजक युवराज कंडेलले हरेक त्रैमासिक परिक्षामा ३ दशमलव ६ माथि जिपिए ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहन गर्नका लागि विद्यालयले निःशुल्क अध्ययनको व्यवस्था गरेको बताए । यसले गर्दा विद्यार्थीहरूमा अध्ययनका लागि प्रतिप्रर्धी भावनाहरूको विकास हुने बताए । एउटा परिक्षामा नराम्रो भए पनि अर्को परिक्षामा राम्रो गर्छु भनेर पढाइमा लगनशील बन्न सहयोग पुगेका कारण पनि अन्तिम परिक्षामा नतिजा राम्रो आउने गरेको संयोजक कडेलले बताए । विद्यालयले गरिव जेहेन्दार विद्यार्थीका साथै अध्यन्नमा उत्कृष्ट विद्यार्थी, खेलमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रिय पदक पाउने विद्यार्थीहरूलाई पनि प्रोत्साहन कार्यक्रम समावेश गर्दे निःशुल्क शिक्षाको अवसर प्रदान गरिरहेको बताए ।
विद्यालयले विद्यार्थी मात्रै नभई शिक्षकलाई समेत विद्यालयले कार्यविधी बनाई नियमित रूपमा सम्मान गरि प्रोत्साहन गरिरहेको छ । सिकाइ उपलब्धि बर्षभरि शिक्षकले पूरा जिम्मेवारी, कार्यमूलक अनुसन्धान र नियमित मूल्याकंनलाई आधार बनाएर शिक्षक प्रोत्साहन गर्ने गरिएको प्रधानाध्यापक दिनेश थापाले बताए । थापाका अनुसार शिक्षक सम्मानकै लागि समेत दाताहरूले अक्षय कोष स्थापना गरेका छन् ।
कालिका मानवज्ञान माध्यमिक विद्यालय सफल हुनुमा यस्तै साना साना कामले समेत सहयोग पुर्याइरहेको छ । विद्यार्थी शिक्षक प्रोत्साहन कार्यक्रम मात्रै होईन यस्तै धेरै अभ्यासहरू विद्यालयमा भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?