ट्रेंडिंग:

>> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि

‘विश्वविद्यालयले युग सुहाउँदो जनशक्ति देउ’

२१ चैत्र २०८१, बिहीबार
२१ चैत्र २०८१, बिहीबार

लुम्बिनी, २१ चैत ।
लुम्बिनीमा उपकुलपतिहरूको अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनको एक कार्यक्रमकाबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले चौथो औद्योगिक क्रान्तिको जनशक्ति उच्च प्रविधिको सीपयुक्त हुन आवश्यक रहेको बताए ।उच्च शिक्षामा बौद्ध दर्शन अन्तर्राष्ट्रिकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौति र अवसर विषयमा केन्द्रीत रही उपकुलपति सम्मेलन आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनको प्रयोगात्मक अभ्यासबाट नैतिकवान सीपयुक्त जनशक्ति तयार हुने बताए । उनले लुम्बिनी बौद्ध विश्वविद्यालयले कोर बुद्धिजम र एप्लाईड बुद्धिजम दुई संकायात्मक शैक्षिक कार्यक्रम सञ्चालन गरी अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षणको काम गरिरहेको बताए ।सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले विश्वभरका विश्वविद्यालयलाई एकअर्कामा जोड्दै स्वदेशी विश्वविद्यालयको विकासमा अनुदान आयोगको कार्य गरिरहेको बताए ।

भारतको नालन्दा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अभयकुमार सिंहले मानव संसाधनको विकासमा बौद्ध दर्शन अनिवार्य सर्त रहेको भन्दै यसले अहिले आवश्यक रहेको नैतिकवान जनशक्ति उत्पादन गर्न सकिने बताए ।
सिद्धार्थ विश्वविद्यालय भारतका उपकुलपति प्रा. कविता शाहले दीगो र आधुनिक शिक्षा विकासका लागि बौद्ध प्रज्ञा अनिवार्य भइसकेको बताइन् । नेपालका मध्यपश्चिम विश्वविद्यालय प्रा.डा. धु्रबकुमार गौतमले उच्च शिक्षालाई औद्योगिक जनशक्तिको आवश्यकतासँग जोड्दै विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औल्याए । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसीले श्रमबजारसंग जोडेर गए मात्रै उच्च शिक्षाको प्रभावकारिता देखिने भएकाले त्यसतर्फ सबै विश्वविद्यालयको जोड हुनुपर्ने बताए ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले चौथो औद्योगिक क्रान्तिको चरणमा त्यस्तै क्षमताको मानव संसाधन उत्पादनको जिम्मेवारी विश्वविद्यालयमा रहेको बताए । राजर्षिजनक विश्वविद्यालय प्रा.डा. अमर प्रसाद यादवले स्थानीय औद्योगिक व्यवासायिक संघसंस्थाहरूको सम्पर्कबाट विश्वविद्यालयले शैक्षिक कार्यक्रम चलाउदा जनशक्ति खपत हुने सम्भावना बढी रहेको औंल्याए । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले परम्परागत पूर्विय सभ्यतालाई अंगिकार गर्दा नैतिकवान जनशक्ति उत्पादन हुने भएकाले लुम्बिनी बौद्ध र संस्कृत विश्वविद्यालय सहकार्यमा अनुसन्धानमा जुट्न आवश्यक रहेको बताए ।

विदुषी योगमाया हिमालय आर्युवेद विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्कीले परम्परागत चिकित्सा पद्धतीको विकासका लागि प्राविधिक शिक्षालाई मूलधारमा राखेर अनुसन्धान आवश्यक देखिएको बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले सोवा रिग्पा मेडिसिन जस्ता विषयहरूलाई प्राथमिकतामा राखेर उच्च शिक्षा सञ्चालनमा जोड दिने समय आएको बताए ।मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले चौथो औद्योगिक क्रान्तिमा एक देशमै बसेर विश्वव्यापी काम गर्न सकिने अवस्था आउदै गरेको भन्दै त्यसको व्यवस्थापकीय पक्षलाई अहिलेदेखि नै नेपालले बलियो बनाउनुपर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्वविद्यालयमा विद्यार्थी खोज्ने चुनौतिपूर्ण अवस्था बढिरहेको भन्दै यसको समाधानका लागि श्रमबजारसंग जोड्ेर शैक्षिक कार्यक्रम सञ्चालन आवश्यक रहेको औंल्याए । नियोन विश्वविद्यालय जापानका प्रोफेसर हिरासावा कात्सिकोले मानव संसाधन व्यवस्थापनमा सूचना प्रविधि निकै महत्वपूर्ण रहेको भन्दै विश्वविद्यालयहरूले ग्लोवल नेटवर्क स्थापना गरी प्रविधियुक्त जनशक्ति उत्पादन गर्नुको विकल्प नभएको बताए ।

कार्यक्रम अन्तर्गत पहिलो दिन मानव संसाधन व्यवस्थापनमा बौद्ध दर्शनको उपयोग, श्रमबजारमा कृत्तिम बौद्धिकता (एआई) को प्रयोग, उच्च शिक्षाका लागि क्षेत्रीय सहयोग र सञ्जाल निर्माण तथा मानव संसाधन व्यवस्थापनमा संस्थागत भूमिका विषयमा ११ देशका अध्येताहरूले २४ वटा कार्यपत्र प्रस्तुत गरेका छन् ।सम्मेलनमा नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस्, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताहरूको सहभागिता छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोवल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन लुम्बिनीमा शुरु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?