© २०२३
काठमाडौं ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरुले शुक्रबार पनि काठमाडौंमा विरोध प्रदर्शन जारी राखेका छन् ।
सवै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दैं नेपाल शिक्षक महासंघले काठमाडौंको माइतिघर बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् । बुधबारबाट काठमाडौं केन्द्रीत अनिश्चितकालीन सडक आन्दोलन सुरु गरेको महासंघले आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।
सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन सुरु गरेको हो ।
यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ । महासंघले आफ्ना मागहरु पुरा नभएसम्म शिक्षकहरु विद्यालय नफर्कने चेतावनी दिएको छ ।