© २०२३
बर्दिया, २२ चैत्र ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल भुमिगतकालमा सरण लिने आफ्नो माईती गाउँ पुगेका छन् । बढैयाताल गाउँपालिका वडा न. ५ स्थित जगतिया गाउँ आए । शुक्रबार बिहान उनले उक्त गाउँमा ढिकरीको खाजा खाए । जनार्दन सापकोटा, पम्पा भुसाल लगायतका नेताहरु हुलाकी रोड भएर महाकाली यात्रा जनजागरण कार्यक्रममा सहभागी हुन माओवादी नेताहरु जगतिया गाउँ आए । पुराना दिनहरु स्मरण गरे । खासमा गाउँको नाम जगतिया हो । हाल माईती गाउँको नामले परिचित छ । सशस्त्र आन्दोलनका क्रममा तत्कालीन माओवादीका नेताहरु सुरक्षित हुन यहाँ आउँथे । माओवादी अध्यक्ष पुष्पकमल दहाल, बाबुराम भट्राई, पूर्व गृहमन्त्री रामबहादुर थापा, मोहन बैद्य लगायतका शिर्ष नेताहरुको आश्रयस्थल बन्यो । अनि माओवादीका शिर्ष नेताहरुले जगतिया गाउँको नयाँ नाम जुराए—माईती गाउँ ।
सुरक्षा दिएर व्यवहारमै माईती भूमिका निर्वाह गरे यहाँका सर्वसाधारण । शिर्ष नेताहरुलाई सुरक्षा दिने यो गाउँले निकै ठूलो मुल्य चुकाएको छ । एउटै गाउँका नावालिकासहित नौ सर्वसाधारणले ज्यान गुमाएका छन् । दुई जना हालसम्म बेपत्ता पारिएका छन् । भुमिगतकालमा आश्रयका लागि आउने नेताहरु सरकारमा पुग्दा यो गाउँ बिर्से । नेताहरु सरकारमा पुगे तर गाउँँले केही पाएन । द्धन्द्धकाल र बर्तमानसम्म आई पुग्दा खासै परिवर्तन देखिएनन् ।
बर्दियाको सोरहवा गाविस २ हाल बढैयाताल गाउँपालिका ५ मा जगतिया गाउँ छ । यहा“का स्थानीयले जमिन्दारको जग्गा बटैयामा लगाउँथे । त्यसैलाई आधार बनाउँदै माओवादीले गाउँलाई आधार ईलाका बनाएको थियो । पन्चायतकालमा पनि यो गाउँमा प्रजातन्त्रका पक्षमा भूमिगत कार्यक्रम गरिन्थे । ०५२ सालदेखि माओवादी गतिबिधि बढ्दै गएपछि जगतिया गाउँ फेरि चर्चा पायो ।
अध्यक्ष प्राचन्दले पश्चिम क्षेत्रको सबैभन्दा ठुलो ताल बढैयातालको अवलोकन गर्दै ताललाई पर्यटकीय क्षेत्र बनाउनेमा आफु पहल गर्ने बताए । उनले भने यो तालको विकास गर्न सके रोगारी र आर्थिक दुबै क्षेत्रमा यहाँका जनताहारु अन्त्य हुने बताए ।