ट्रेंडिंग:

>> काठमाडौंमा विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर विरोध प्रदर्शन >> संविधान संसोधनका लागि समिति बनाएर काम गर्छौं: प्रधानमन्त्री >> शेख हसिना: बंगलादेशलाई “आतंकवादी देश” भनेकी, युनुसमाथि गम्भीर आरोप >> बेङ्लुरुका कप्तान रजतलाई १२ लाख जरिवाना >> छिमेकीसँग सबन्ध बिग्रियो भन्ने हल्ला चलाइएको छ, कहाँ बिग्रिएको छः प्रधानमन्त्री >> चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारण सभा >> वन क्षेत्रबाट राजस्व नउठ्दा मुख्यमन्त्री आचार्यको चिन्ता, कर दायरामा ल्याउन जोड >> मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्याे त, सपना देख्नु पर्छः प्रधानमन्त्री >> आरएसडिसि लघुवित्तद्घारा समाजलाई फर्निचर सामग्री हस्तान्तरण >> नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह >> प्रधानमन्त्री ओलीको मधेस प्रदेशसभामा सम्बोधन सुरू >> बल्खुमा राजावादीको प्रदर्शन जारी, सुरक्षा ब्यवस्था कडा >> राष्ट्रिय वनलाई चाक्ला वनमा लैजान खोजेपछि सामुदायिक वनको आपत्ति >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ? >> राती अबेरसम्म निंन्द्रा लागेन, उसो भए खानुहोस् यी ४ कुरा >> वैदेशिक रोजगार सबैभन्दा सम्मानजनक पेशा हो: श्रममन्त्री भण्डारी >> वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत >> सामाजिक सञ्जालले सबन्धबिच्छेद बढाउन थालेपछि कुवेतमा जागरण अभियान >> भालुवाङमा भेटिएको शबको पहिचान खुल्यो >> आजको मौसमः तापक्रममा वृद्धि हुने, बर्षा नहुने सम्भावना कायमै >> विद्यार्थी विदेश पलायन रोक्ने कसरी ? >> उद्योगी व्यवसायी थप पीडामाः मल्हम लगाउने खोई >> विश्व स्वास्थ्य दिवसको औपचारिकता >> शिक्षकका जायज माग पुरा गर्न बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेको आग्रह >> बुटवलमा एमालेको जनसभा तयारीः ५० हजार जनता उतार्ने दावी >> पुरातात्विक क्षेत्रमा अनाधिकृत पूर्वाधार रोक्न माग >> प्रदेशमा सिंचाई सुविधाः अझै आधा जमिन बाँझैं ! >> रोटरी क्लव अफ बुटवल चौतारीमा ७५ युनिट रगत संकलन >> आज जनआन्दोलन दिवस मनाइँदै >> विश्व स्वास्थ्य दिवसमा बुटवल हस्पिटल प्रालिद्वारा ६४ युनिट रक्तदान >> लुम्बिनीमा पिकअप भ्यान पल्टिंदा दुईको मृत्यु, २२ जना घाइते >> सिद्धार्थ गौतमबुद्धका नवनियुक्ति क्याम्पस प्रमुख चापागाईद्वारा पदभार ग्रहण >> भैरहवामा ‘महिला लेजेण्ड टी–२० सिरिजको पहिलो खेलमा सन् २००९ टिम विजयी >> आठौ भूपु सैनिक कपमा सिम्रिकको विजयी शुरुवात >> खैरो हिरोइन सहित दुई भारतीय पक्राउ >> सडेनडेथमा राईजिङ स्टार युवा क्लब विजयी >> उत्पादन र आर्थिक समृद्धिमा जोडिन नगर प्रमुख पाण्डेको आह्वान >> बारको निर्वाचनमा मिश्रको अग्रता कायमै >> ए डिभिजन लिग बैशाख २० बाट हुने >> नेप्से परिसूचक ३३.३३ अङ्कले तल झर्यो >> शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन्, संवादबाट सम्बोधन गर्ने छौंः प्रधानमन्त्री >> लुम्बिनीमा मनाईयो सिंचाई दिवस >> प्रदेश स्तरीय टी–२० कप: रुपन्देही क्वाटरफाइनलमा प्रवेश >> भरूवा बन्दुकसहित दुई जना पक्राउ, एक फरार >> सगरमाथा आरोहणमा जान लागेको प्रहरी निरिक्षक शेर्पालाई ब्यानर हस्तान्तरण >> आईपीएलमा आज मुम्बई इन्डियन्स र आरसीबी भिड्ने >> गुरागाईंको पुनरागमनपछि कर्मचारीको रोकिएको तलब निकासी प्रक्रिया अघि बढ्यो >> अर्थमन्त्रीले नीलम ढुंगानालाई तोके राष्ट्र बैंकको गभर्नर >> एकै बर्षमा ट्रम्पको सम्पत्ति भयो दोब्बर, पुग्यो ५.१ बिलियन

यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन्

२२ चैत्र २०८१, शुक्रबार
२२ चैत्र २०८१, शुक्रबार

सुर्खेत,२२ चैत ।
श्रीमानाको हत्यारालाई कारबाहीको माग राख्दै उच्च अदालत सुर्खेतको गेटमा धर्नामा बसेकी जाजरकोटकी निर्मला शाही आत्मदाहको प्रयास गरिन् । पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लियो । श्रीमानको हत्यारालाई काराबाहीको माग गर्दे उनले आत्मदाहको प्रयास गरेकी हुन् ।जुनीचाँदे गाउँपालिका–६ मइपकी निर्मला शाहीसँगै रहेकी उनकी बहिनी सर्मिला शाहीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
जाजरकोट जिल्ला अदालतले निर्मलाका श्रीमान रामबहादुरको कर्तव्य ज्यान मुद्दामा चार जनालाई पूर्पपक्षका लागि कारागार पठाउन आदेश दिइ सकेको छ । बाँकी दुई जनालाई धरौटी र दुई जनालाई साधारण तारेकमा छाडेपछि रामबहादुरकी श्रीमती मंगलबारदेखि न्याय माग्दै उच्च अदालत अगाडी धर्नामा बसेकी हुन् ।

‘उहाँ धर्नामा बसिराख्नु भएको थियो आज एक्काशी शर्मिला शाहीले पेट्रोल ल्याएर छर्केर आगो लगाउन खोजेपछि हामीले नियन्त्रणमा लिएका हौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपि वीरेन्द्रविर विश्वकर्माले भने, ‘प्रहरी कार्यालय ल्याएपछि उहाँका आफन्त बोलाएर सम्झाई बुझाई गरेर जिम्मा लाएर पठाएका छौं ।’ यस घटनाको मुद्दा प्रक्रियामा रहेकाले अपराध गरेकालाई सजाय हुने भनेर सम्झाईबुझाई निर्मलालाई पठाएको डिएसपि विश्वकर्माले जनाए । गत माघ १८ गते जुनीचाँदे गाउँपालिका–६ मइपका रामबहादुर शाहीको हत्या भएको थियो । शाही माघ १७ गते जुनिचाँदे गाउँपालिका–५ स्थित एक विद्यालयमा खेलकुद प्रतियोगिता हेर्न गएका थिए ।

खेलकुद कार्यक्रम हेरेर फर्किने क्रममा घर नजिकै खोलामा उनी मृत अवस्थामा भेटिएका हुन् । इलाका प्रहरी कार्यालयका अनुसार प्रहरी टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान अगाडि बढाएको थियो ।अनुसन्धानको क्रममा रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा जाजरकोट प्रहरीले ९ जनालाई पक्राउ गरेर उनीहरु विरुद्ध जाजरकोट जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जाजरकोट प्रहरीले उनीहरु विरुद्ध फागन ११ गते अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको हो । अदालतले फागुन १३ गते थुनछेक बहसपछि पाँच जनालाई धरौटी र चार जनालाई कारागार चलान गरिसकेको छ ।
निर्मलाले धरौटीमा अदालतले छाडेकोमा चित्त नबुझेको भन्दै छुटेकाहरुलाई थुनामा पठाइ पाउँ भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?