© २०२३
दाङ, २२ चैत । दाङको घोराहीमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रदेश खेलकुलद परिषद, लुम्बिनीको आयोजनामा जारी भएको प्रदेश स्तरीय प्रतियोगिता अन्तरगत शुक्रबार भएको क्वाटरफाइनल खेलहरुमा विजयी हुदै रुपन्देही, बाँके, रोल्पा र पाल्पा सेमिफाईनल प्रवेश गरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा भएको पहिलो क्वाटरफाइनल खेलमा रोल्पाले कपिलवस्तुलाई ३–०, दोस्रो क्वाटरफाइनलमा पाल्पाले दाङलाई ३–०, तेस्रो क्वाटरफाइनलमा बाँकेले रुकुमपूर्वलाई ३–२ तथा चौथौ क्वाटरफाईनलमा रुपन्देहीले अर्घाखाँचीलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
शनिबार हुने रुपन्देही र बाँके तथा रोल्पा र पाल्पा बिचको सेमीफाईनल खेलका बिजेताहरु फाईनलमा उपाधि भिडन्त गर्नेछन । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन गौतमले प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताको उपाधि जित्ने टीमले नगद एक लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने छ भने उपविजेता टीमले नगद पैसट्टी हजार, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोका मगरले बताउनुभयो । यसैगरी, तृतीय पुरस्कार नगद पैतिस हजार, मेडल, ट्रफी र प्रमाण–पत्र र सान्त्वना हुने टीमले नगद पन्ध्र हजार प्रमाण–पत्र प्राप्त गर्ने उनले जनाएका छन् ।