Butwal Today

निर्माण सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

२० कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-
सल्यान ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका, २ माथिल्लो चिल्ढालेमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शुक्रबार दिउँसो करिब १२ः१० बजे खैरीबोट बजारबाट माथिल्लो चिल्ढालेतर्फ जाँदै गरेको लु.प्र.०२००१ त ०१५५ नम्बरको बालुवा र सिमेन्ट लोड गरिएको ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक बागचौर नगरपालिका, २ खैरीबोट निवासी २७ वर्षीय लक्ष्मण डाँगीको टाउकोमा चोट लागेको छ भने ट्याक्टरमा सवार सोही ठाउँका ३२ वर्षीय प्रकाश बुढाथोकी घाइते भएका छन् ।
दुवै घाइतेलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ईश्वर रोकायले जानकारी दिए । चालक डाँगीको अवस्था गम्भीर र बुढाथोकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?