Butwal Today

हत्याको अरोमा कोहलपुरमा एक पक्राउ

२२ चैत्र २०८१, शुक्रबार
अ+
अ-

बाँके, २२ चैत्र।

व्यक्तिको हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–७ रजगरूवा बस्ने ४० वर्षीय दुर्गा पुनको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका हुन् । प्रहरीका अनुसार सोही नगरपालिका–७ सल्यानी टोल बस्ने २३ वर्षीय छोटे भन्ने राजु सुनारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । राजु समेत ५–६ जनाको समुहले कुटपिट गर्दा गम्भीर घाइते भएका दुर्गाको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हवल्दारपुर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राजुलाई पक्राउ गरेको हो । कुटपिटमा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय कोहलपुर का डिएसपि धर्मरनज न्यौपानेले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?