ट्रेंडिंग:

>> नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६ अंकमा >> काठमाडौंमा विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर विरोध प्रदर्शन >> संविधान संसोधनका लागि समिति बनाएर काम गर्छौं: प्रधानमन्त्री >> शेख हसिना: बंगलादेशलाई “आतंकवादी देश” भनेकी, युनुसमाथि गम्भीर आरोप >> बेङ्लुरुका कप्तान रजतलाई १२ लाख जरिवाना >> छिमेकीसँग सबन्ध बिग्रियो भन्ने हल्ला चलाइएको छ, कहाँ बिग्रिएको छः प्रधानमन्त्री >> चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारण सभा >> वन क्षेत्रबाट राजस्व नउठ्दा मुख्यमन्त्री आचार्यको चिन्ता, कर दायरामा ल्याउन जोड >> मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्याे त, सपना देख्नु पर्छः प्रधानमन्त्री >> आरएसडिसि लघुवित्तद्घारा समाजलाई फर्निचर सामग्री हस्तान्तरण >> नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह >> प्रधानमन्त्री ओलीको मधेस प्रदेशसभामा सम्बोधन सुरू >> बल्खुमा राजावादीको प्रदर्शन जारी, सुरक्षा ब्यवस्था कडा >> राष्ट्रिय वनलाई चाक्ला वनमा लैजान खोजेपछि सामुदायिक वनको आपत्ति >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ? >> राती अबेरसम्म निंन्द्रा लागेन, उसो भए खानुहोस् यी ४ कुरा >> वैदेशिक रोजगार सबैभन्दा सम्मानजनक पेशा हो: श्रममन्त्री भण्डारी >> वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत >> सामाजिक सञ्जालले सबन्धबिच्छेद बढाउन थालेपछि कुवेतमा जागरण अभियान >> भालुवाङमा भेटिएको शबको पहिचान खुल्यो >> आजको मौसमः तापक्रममा वृद्धि हुने, बर्षा नहुने सम्भावना कायमै >> विद्यार्थी विदेश पलायन रोक्ने कसरी ? >> उद्योगी व्यवसायी थप पीडामाः मल्हम लगाउने खोई >> विश्व स्वास्थ्य दिवसको औपचारिकता >> शिक्षकका जायज माग पुरा गर्न बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेको आग्रह >> बुटवलमा एमालेको जनसभा तयारीः ५० हजार जनता उतार्ने दावी >> पुरातात्विक क्षेत्रमा अनाधिकृत पूर्वाधार रोक्न माग >> प्रदेशमा सिंचाई सुविधाः अझै आधा जमिन बाँझैं ! >> रोटरी क्लव अफ बुटवल चौतारीमा ७५ युनिट रगत संकलन >> आज जनआन्दोलन दिवस मनाइँदै >> विश्व स्वास्थ्य दिवसमा बुटवल हस्पिटल प्रालिद्वारा ६४ युनिट रक्तदान >> लुम्बिनीमा पिकअप भ्यान पल्टिंदा दुईको मृत्यु, २२ जना घाइते >> सिद्धार्थ गौतमबुद्धका नवनियुक्ति क्याम्पस प्रमुख चापागाईद्वारा पदभार ग्रहण >> भैरहवामा ‘महिला लेजेण्ड टी–२० सिरिजको पहिलो खेलमा सन् २००९ टिम विजयी >> आठौ भूपु सैनिक कपमा सिम्रिकको विजयी शुरुवात >> खैरो हिरोइन सहित दुई भारतीय पक्राउ >> सडेनडेथमा राईजिङ स्टार युवा क्लब विजयी >> उत्पादन र आर्थिक समृद्धिमा जोडिन नगर प्रमुख पाण्डेको आह्वान >> बारको निर्वाचनमा मिश्रको अग्रता कायमै >> ए डिभिजन लिग बैशाख २० बाट हुने >> नेप्से परिसूचक ३३.३३ अङ्कले तल झर्यो >> शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन्, संवादबाट सम्बोधन गर्ने छौंः प्रधानमन्त्री >> लुम्बिनीमा मनाईयो सिंचाई दिवस >> प्रदेश स्तरीय टी–२० कप: रुपन्देही क्वाटरफाइनलमा प्रवेश >> भरूवा बन्दुकसहित दुई जना पक्राउ, एक फरार >> सगरमाथा आरोहणमा जान लागेको प्रहरी निरिक्षक शेर्पालाई ब्यानर हस्तान्तरण >> आईपीएलमा आज मुम्बई इन्डियन्स र आरसीबी भिड्ने >> गुरागाईंको पुनरागमनपछि कर्मचारीको रोकिएको तलब निकासी प्रक्रिया अघि बढ्यो >> अर्थमन्त्रीले नीलम ढुंगानालाई तोके राष्ट्र बैंकको गभर्नर

सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने

२२ चैत्र २०८१, शुक्रबार
२२ चैत्र २०८१, शुक्रबार

काठमाडौं, २२ चैत ।

राष्ट्रिय सभा सदस्य डाक्टर अञ्जान शाक्यलाई अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिको सदस्य पदमा जिताउन सभामुख देवराज घिमिरेले अन्तर्राष्ट्रिय पहल गरेका छन् ।घिमिरेले आईपीयुको दिगो विकास स्थायी समितिमा रहेका ३५ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।आज सभामुख घिमिरे र सांसद डाक्टर शाक्यहिततको प्रतिनिधि मण्डल अन्तरव्यवस्थापिका संघको १५० औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन उज्वेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेको छ ।

अन्तरव्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलन दुवै अन्तर्राष्ट्रिय सम्मेलन चैत्र २३ गतेदेखि २७ गतेसम्म ताश्केन्टमा हुँदैछ । सांसद शाक्यले त्यहाँ महिला सांसदहरूको मञ्चमा सहभागिता जनाउने कार्यक्रम छ । शाक्यले त्यहाँ दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्ने कार्यक्रम छ। सांसद शाक्य राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक हुन्।

उनकै नेतृत्वमा  ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ । उनी संयोजक रहेको उपसमितिले पटक–पटक विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र नीजि क्षेत्रसँग छलफल गरी  उक्त प्रतिवेदन तयार गरेको थियो । समितिको नाम यसअघि दिगो विकास र सुशासन समिति  थियो ।  दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हाँसिल गर्नुभएकी शाक्यले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा सभामुखले पनि लिएको उनको सचिवालयले जानकारी दिएको छ ।‘सभामुखज्युले पत्रमा डाक्टर शाक्यको उम्मेदवारीप्रति समर्थन जनाउन आह्वान गर्दै पत्र पठाउनु भएको हो,’ सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने ।  सभामुख नेतृत्वको टोली शुक्रबार बिहान कतार एयरवेजको उडानमार्फत् दोहा हुँदै उज्वेकिस्तान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?