© २०२३
बाँके, २२ चैत्र ।
बाँकेमा विद्युत बक्यौता रहेका ग्राहकको लाइन काट्न गएका विद्युत प्राधिकरणका कर्मचारीहरुलाई कुटपिट गर्ने तीन जनामाथि अपराधिक उपद्रवमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, पीडित कर्मचारीहरुको तर्फबाट नेपालगन्ज वडा नम्बर ३ का चाँदबाबु अन्सारी, अल्तमस अन्सारी र निजामुद्धिन अन्सारीमाथि मुद्दा दर्ता भएको हो।
प्रहरीले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ भने अन्यको खोजी कार्य जारी छ । गत मंगलबार नेपालगन्ज वडा नम्बर ३ एकलैनीमा लाइन काटेर फर्किने क्रममा स्थानीयले गरेको कुटपिटमा पाँच जना कर्मचारी घाइते भएका थिए । गम्भीर घाइते भएका मिटर रिडर उदयराज यादवको घाँटीको नशामा चोट लागेको र हात मर्किएको छ । अन्य कर्मचारीहरु भने अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले कर्मचारीमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन् । प्राधिकरणका कर्मचारीहरुले आक्रमण गर्नेहरुमाथि कारबाही नभए काम ठप्प पार्ने चेतावनी सामेत दिएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी