Butwal Today

सिंचाइ आयोजना धेरै, सिंचाई कम

२३ चैत्र २०८१, शनिबार
अ+
अ-

बाँके, २३ चैत ।
बाँकेमा सिचाँईको आयोजना धेरै भएपनि सिचाँँई भने न्यून रहेको पाइएको छ । लुम्बिनी प्रदेश सरकार, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय नेपालगंज, बाँके अनुसार बाँकेमा सिचाई न्यून रहेको हो । बाँके जिल्ला भरीमा ९३ हजार ९ सय १३ हेक्टर क्षेत्रफलमा सुचाँई पुग्नु पर्नेमा अल सम्म ११ हजार २ सय १४ हेक्टर क्षेत्रफलमा सिचाई पुगेको छ ।

बाँके जिल्लामा मात्र ४० बढी सिचाई आयोजनाहरू छन । त्यसमध्ये कतिपय कुनै सम्पन्न भएको र कुनै बन्ने चरणमा रहेका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बाँकेका सुचना अधिकारी लाल बहादु ओलीले बताए । उनले भने सरकारले बाँके र बर्दियालाई अन्नको भण्डार माने पनि बजेटको हिसाबले सबभन्दा अन्तिम रहेको छ । जुन हिसाबले सरकार बाँके र बर्दियालाई सिचाईको लागि बजेट बिनियोजित गर्छ त्यो तरिकाले पुस्ताँै बित्दा पनि ९३ हजार हेक्टर क्षेत्रफलमा सिचाई आयोजना पुरा नहुन सक्ने सुचनाअधिकारी ओलीको भनाई छ । धेरै बर्षै बर्षको मिहेनत पछि मात्र बाँकेमा ११ हजार हेक्टर क्षेत्रफल जमिनमा सिचाई पुगेको छ ।

उनले भने, खेतीयोग्य जमिन ९३ हजार हेक्टर सिचाई पर्याउन सके बाँकेमा कृर्षि उत्पादन बढ्ने र बाँकेमा अन्नको कमी समेत हुने अनुमान गर्न सकिन्छ तर बिडम्वना धेरै बर्षको प्रयास पछि ११ हजार हेक्टर क्षेत्रफल जमिनमा सिचाईको सुविधा पुगाउन सकेका छौ । संघिय सरकारको मतहतमा कार्यालय भएको बेला केही बढी रकम विनियोजित भएको पाइएको थियो तर प्रदेश सरकारको मतहतमा गए देखि यस कार्यालयका बजेट न्यून भएको सुचना अधिकारी ओलीले बताए ।
लालपुर लिफ्ट सिचाई आयोजना सम्पन्न भैसकेको छ । तर सिचाई कार्यालयले समितिलाई हस्तान्तरण गर्ने तयारीमा रहेको लालपुर लिफ्ट सिचाई आयोजनका अध्यक्ष चुडामणी ओलीले बताए । लुम्बिनी प्रदेश सरकार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय नेपालगंज बाँकेले १ सय ५० हेक्टर क्षेत्रफल जमिनमा सिचाई गर्ने योजना रहेपनि समितिले २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा सिचाई गर्ने लक्ष्य रहेको समितिका अध्यक्ष ओली बताए । सिचाई बाराँैँ महिना रहे किसानहरूले बारौँ महिना खेती गरेर आर्थिक अवस्था सुधार्न सकिन्छ, उनले भने ।

बाँकेको खजुरा गाँउपालिका वडा नं. ३ धौलागिरी लिफ्ट सिचाई आयोजनाले त्यस क्षेत्रमा २ सय ९६ हेक्टर क्षेत्रफलमा सिचाई गर्ने गरेको छ तर सिचाई गर्नुपर्ने जमिन धेरै भएकोले त्यतिले अपुग रेको आयोजनका अध्यक्ष बल बहादुर धामीले बाए । उनले भने, अहिले नहरमा भएको पानीले किसानहरूलाई पुग्ने गर्छ तर सिजन अनुसार यो पानी पुग हुने गरेको हुन्छ, नहरमा पानी आएपछि यो क्षेत्रमा नहुने चैते धान पनि लगाउन शुरु गरेको अध्यक्ष धामीले बताए । २०६६ साल देखि सञ्चालनमा आएको आयोजनाको अझै सम्म स्तर उन्नती भएको छैन, सरकारले बाँकेमा सिचाईको बजेट नै थोरै पठाउने भएकोले यसको स्तर उन्नती हुन नसकेको हो ।

लुम्विनी प्रदेशको १२ जिल्ला मध्य बाँके र बर्दियामा सबै भन्दा कम सिचाईको बजेट भएको देखिन्छ । जुन ठाँउमा सिचाईको अवश्य छ त्यही ठाँउमा बढी लगानी गर्नु पर्ने देखिन्छ । सरकारले बाँके बर्दियम खेत ियोग्य जमिनमा सिचाई सुविधा पुर्यान सके विदेशीने र वेरोजगारीको अन्त्य हुने देखिन्छ जस कारणले सरकारले सिचाईको हकमा बढी भन्दा बढी बाँके र बर्दियालाई ध्यान दिन जरुरी देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?