© २०२३
काठमाडौं ।
हप्ताको पहिलो कारोबार दिन आज शेयर बजारमा ठूलो गिरावट देखिएको छ। हिजो सार्वजनिक बिदा रहेकाले यो हप्ता आज पहिलो कारोबार भएको हो, र शेयर बजार परिसूचक नेप्से ३३.३३ अङ्कले घटेर दुई हजार छ सय ७०.०६ बिन्दुमा झरेको छ। आजको कारोबारमा सबै उपसमूहको शेयर घटेर बजार राताम्मे भएको छ। विशेष गरी व्यापार उपसमूह तीन प्रतिशतभन्दा धेरै र फाइनान्स उपसमूह दुई प्रतिशतभन्दा धेरै घटेको छ।
यस बीच, अप्पर हेवाखोला हाइड्रोपावरको शेयर नौ प्रतिशतभन्दा धेरै घटेको छ, जबकि समग्र बजार घटे पनि बाराही हाइड्रोपावरको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ। आज कारोबार रकम पनि घटेको देखिएको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार सात अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएको थियो, भने आज पाँच अर्ब ६५ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ।