© २०२३
लमही ,२६ चैत।
दाङको राप्ती गाउँपालिका-१ भालुवाङ स्थित राप्ती नदीमा एक शव फेला परेको शबको पहिचान खुलेको छ । मृतक पुरूष पुर्वी नवलपरासी निवासी अन्दाजी ५५ वर्षीय गंगाप्रसाद रिमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
आज सोमबार बिहान करिब १० बजे १ नम्बर वडा कार्यालयको पछाडि राप्ती नदीमा नुहान गएका बालबालिकाले मृतक पुरूषको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । ईलाका प्रहरी कार्यालय भालुवाङ र स्थानीयले नदीबाट शव निकालेर पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएको प्रहरीले बताएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।