ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारण सभा

योग गुरुङलाई अध्यक्ष र नवल गुरुङलाई महासचिवको जिम्मेवारी
२६ चैत्र २०८१, मंगलवार
२६ चैत्र २०८१, मंगलवार

बुटवल, २६ चैत । लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारण सभा मंगलबार बुटवलमा सम्पन्न भएको छ । विशेष साधारण सभाले योग गुरुङलाई अध्यक्ष तथा सचिव नवल गुरुङलाई महासचिवको जिम्मेवारी दिएको छ ।

कार्यक्रमको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव तिरणध्वज गौतमले उद्घाटन गर्दै खेल क्षेत्रमा बजेट अभाव हुदा पूर्वाधार विकासमा गति लिन नसकेको बताए । देशको बजेटको कुल रकममध्ये ०.१७ प्रतिशत तथा प्रदेशको कुल बजेटको ०.१६ प्रतिशतमात्र खेलकुदमा रहेको उनले बताए । ‘परिषदबाट सबै खेलकुद हेर्ने जिम्मेवारी हुन्छ ।’–उनले भने । खेलकुदको शुरुवात र नेपालमा विकासक्रमबारे प्रकाश पार्दै कुनै बेला मनोरञ्जन हुँदै अहिलेको अवस्थामा आईपुगेको उनले बताए । खेलकुद एउटा विशिष्ट विधाका रुपमा विकास भएको उनले बताए । खेलकुदले राजनितिलाई दिशानिर्देश गर्ने उनले उदाहरण दिदै खेलकुद प्राथमिकतामा पर्न नसकेको दुखेसो गरे । ‘खेलकुदकर्मी राजनितिमा आउनुपर्छ ।’–उनले भने । खेलकुदबाट युवाहरुमा एकता ल्याउन मद्यत मिल्ने उनले बताए । भलिबल नेपालको हरेक क्षेत्र र भुगोलमा खेल्ने हुदा पनि यसलाई राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको उनले बताए । भौतिक पुर्वाधार पर्याप्त नहुदा समस्या छ । राष्ट्रिय खेलको प्रत्येक प्रदेशमा एकएक वटा खेल पुर्वाधार जरुरी छ । प्रतियोगिता आयोजना हुदा यसले खेलाडीहरुको कन्फिडेन्स लेभल बढ्ने र खेल राम्रो हुने हुदा पनि निरन्तर हुन जरुरी रहने उनले बताए । पछिल्लोसमय कर्पोरेट क्षेत्रबाट आर्थिक कारण देखाएर सहयोग घटेको उनले बताए । कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा १० प्रतिशत खर्च गर्नुपर्नेमा त्यसको आधा खेलकुदमा लगाउनुपर्ने उनले आग्रह गरे ।

नवनियुक्त अध्यक्ष योग गुरुङले भलिबल खेलमा लुम्बिनी प्रदेशको पहिचानलाई कायम राख्ने गरि खेलाडी उत्पादन, प्राविधिक जनशक्ति उत्पादन र खेल गतिविधिलाई जोड दिने बताए ।

कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष भिम वलीले नेतृत्वबाट संघको गतिविधि नहुदा विधानको ब्यवस्था अनुसार नै विशेष बैठक गरि विशेष साधारण सभामार्फत नया नेतृत्व चयन भएको बताए । भलिबलको ईतिहास र लुम्बिनी क्षेत्रको योगदानलाई प्रष्टाउदै अबको योजनाबारे प्रकाश पारे । साधारण सभाबाट जिम्मेवारी हेरफेर गर्ने प्रावधान रहेको हुदा त्यसै अनुसार नै गरिएको उनले बताए । प्रदेश खेलकुदमा सबै खेल सम्बद्घ संघसंस्थाहरु जोड्ने काम जरुरी रहेको उनले बताए ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले संघको विशेष साधारण सभाबाट गति लिने वातावरण बन्नेमा आशावादी रहेको बताए । देशकै भलिबल खेलाडी उत्पादनमा लुम्बिनी प्रदेशको महत्वपुर्ण योगदान रहेको भन्दै यसमा सरकारबाट लगानी जरुरी रहेको उनले बताए ।
कार्यक्रममा संघका उपाध्यक्ष कृष्णा पाठकले प्रदेश गठनको उदेश्य अनुसार काम गर्न टिम सफल नहुदा विशेष बैठक गर्ने वातावरण सृजना भएको बैठक बस्नेदेखि कार्ययोजना बनाउने सम्मको काम गर्न नसकिएको उनले बताईन ।

कार्यक्रममा केन्द्रीय सचिव झक बहादुर मिदुन, केन्द्रिय सदस्य किशोर आचार्य, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्य, उपाध्यक्ष रमेश कर्माचार्यले शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?