ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

उद्योगी व्यवसायी थप पीडामाः मल्हम लगाउने खोई

२६ चैत्र २०८१, मंगलवार
२६ चैत्र २०८१, मंगलवार

बुटवल, २६ चैत ।
नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएको रोकावटले यस क्षेत्रका उद्योगी व्यवसायीलाई चिन्तित बनाएको बताएका छन् । निर्माण पुरा भएको लामो प्रतिक्षा पछि सञ्चालनमा आउँदा उत्साह थपिएको बताउँदै उनले अहिले विमानस्थलमा उडान अवतरण रोकिँदा यस क्षेत्रका उद्योगी व्यवसायीलाई गम्भिर र चिन्तित बनाउनुका साथै निराशा पैदा गराएको बताए । बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको ३१ औं परिषद सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै उहाँले यस्ता गतिविधिले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा गिरावट आउने भनाई राखे । उनले सरकारी निकायका यस्ता गतिविधिले उद्योगी व्यवसायीलाई निराश बनाएको बताउँदै यसले मुलुकको अर्थतन्त्रमा गम्भिर असर गर्ने दावी गरे । प्रदेश अध्यक्ष शर्माले उद्योगी व्यवसायीका समस्या सुन्न र पैरवी गर्नका लागि आफूहरू तयार रहेको बताउँदै तल्लो तहबाट समस्याको पहिचान गरी आफूहरूलाई सुझाव दिन आग्रह गरे ।

त्यस अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगी व्यवसायीका समस्या समाधानका लागि महासंघले पहल गरिरहेको बताउँदै महासंघको पहलकै कारण बैंकको व्याजदर घटेको दावी गरे । मुलुकलाई ग्रे लिस्टबाट हटाउनको लागि पहल भैरहेको बताउँदै ग्रे लिस्टबाट हटाउन सकिएन र यसले अर्थतन्त्रमा झनै ठूलो असर गर्ने भनाइ राखे । त्यसैगरी उनले कतिपय स्थानीय तहले मापदण्ड विपरित विज्ञापन कर असल गर्न थालेको बताउँदै त्यसका बारेमा जोडतोडले आवाज उठाउनु पर्ने भनाइ राखे । कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले संघले यो वर्ष गरेका कार्यक्रम तथा पहल र पैरवीका बारेमा जानकारी गराउनु भएको थियो भने त्यसको समिक्षा गर्न र भावी कार्यक्रम तय गर्नका लागि सुझाव सल्लाह दिन परिषदका सदस्यहरू बस्तुगत समितिका सभापतिहरूलाई आग्रह गरे । त्यस अवसरमा संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्य, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी, पूर्व सचिव कृष्णकुमार श्रेष्ठ, कृषि परामर्शदाता डा. प्रदिप शर्मा लगायतले संघले गर्ने कार्यक्रमसंगै परिणामको पनि खोजी गर्नुपर्ने भनाइ राखे । त्यसैअवसरमा संघले प्रकाशन गरेको नयाँवर्ष २०८२ सालको क्यालेण्डर विमोचन गरिएको छ भने क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने सहयोगी हातहरूलाई सम्मान गरिएको क्यालेण्डर प्रकाशन समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य काशीराम पौडेलले जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?