© २०२३
बुटवल, २६ चैत। नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाको कार्यालयमा फर्निचर सामग्री हस्तान्तरण गरिएको छ । बुटवलमा रहेको आरएसडिसि लघुवित्त वित्तिय संस्था लिमिटेडले समाज कार्यालय प्रयोजनका लागि २ वटा टेबल, एक सेट सोफासेट, टि–टेबल र २ थान कुर्चि गरि ८५ हजार रुपैया मूल्य बराबरको सामग्री सहयोग गरेको हो ।
नेपालगंज रोडमा रहेको समाजका कार्यालयमा एक कार्यक्रमका बिच लघुवित्तका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेल, नायब प्रमुख कार्यकारी अधिकारी राम प्रसाद पन्थीले समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीलाई सामग्री हस्तान्तरण गरेका छन ।
कार्यक्रममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलले समुदायमा बिरामीहरुलाई रगत अभाव पुरा गर्न सामाजिक क्षेत्रमा अग्रसर रहेको संस्थालाई कार्यालय ब्यवस्थापनको उपयोगी हुने गरि सहयोग गरेको बताए । सामाजिक उत्तरदायित्व अन्तरगत विगतमा पनि धेरै समुदायमा सहयोग गर्दै आएको उनले बताए ।
कार्यक्रम समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगतजन्य पदार्थको आवश्यकतालाई पुरा गर्न सामाजिक गतिविधिमा अग्रसर रहेको संस्था आफ्नै कार्यालय स्थापना गरिएको बताए । आम उपभोक्तालाई सहजिकरण गर्ने उदेश्यका साथ कार्यालय स्थापना गरिएको उनले बताए। दाताहरुको सहयोगमा कार्यालय स्थापना गरि सेवालाई थप परिस्कृत गर्न लागेको उनले बताए । यसैगरि बुटवल कम्प्युटर सप्लायर्सबाट डेक्सटप कम्प्युटर सेट तथा बुटवल पब्लिकेसन प्रालि, बुटवलटुडे दैनिकले कलर प्रिन्टर सहयोग गरेको उनले बताए ।