© २०२३
काठमाडौं ।
काठमाडौंमा विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर विरोध प्रदर्शन गरेका छन्। सात दिनको सडक आन्दोलन पछि पनि सरकारले शिक्षकहरूको मागलाई सम्बोधन नगरेको भन्दै शिक्षकहरूले यो प्रदर्शन गरेका हुन्।
नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गर्दै, देशभरका शिक्षकहरूलाई काठमाडौंमा केन्द्रीत आन्दोलनमा सहभागिता जनाउन आह्वान गरेका छन्। पठनपाठन बन्द गर्दै शिक्षकहरूले माइतिघरदेखि बानेश्वरसम्म टर्च बालेर प्रदर्शन गर्दै विद्यालय शिक्षा ऐनको शीघ्र प्रकाशनको माग गरेका छन्।
प्रदर्शनकारी शिक्षकहरूको भनाइ अनुसार, सरकारले लामो समयदेखि उनीहरूको मागलाई सम्बोधन नगरेका कारण उनीहरू बाध्य भएर सडकमा उत्रिएका छन्। प्रदर्शनको क्रममा “पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर” जस्ता नारा लगाउँदै उनीहरूले सरकारसँग तात्काल कारवाहीको माग गरेका छन्।
महासंघले चेतावनी दिँदै भनेको छ कि, यदि सरकारको ध्यान नपर्ने हो भने, उनीहरूले थप कडा संघर्षको कार्यक्रम ल्याउनेछन्।