© २०२३
बुटवल, २६ चैत ।
रोटरी क्लव अफ बुटवल चौतारीको आयोजनामा भएको संयुक्त बृहत रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा रोटरी क्लव अफ बुटवल चौतारीका स्पोन्सर क्लवहरु रोटर्याक्ट क्लव अफ बुटवल चौतारी, रोटर्याक्ट क्लव अफ भैरहवा चौतारी, इन्ट्र्याक्ट क्लव अफ बुटवल चौतारी र इन्ट्र्याक्ट क्लव अफ नविन चौतारीले पनि सहकार्य गरेका थिए ।
एकयसय जना भन्दा बढी उपस्थित रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । उनले क्लवले गत कात्तिकमा पनि रक्तदान कार्यक्रम गरेको जानकारी दिंदै त्यतिबेला ६८ युनिट रगत संकलन भएको बताए । रक्तदान कार्यक्रमलाई अवका दिनमा पनि निरन्तरता दिइने उनले बताए ।

त्यस अवसरमा बोल्दै उनले स्वार्थ भन्दा माथि सेवा भन्ने भावनाका साथ क्लवले आफ्ना गतिविधिलाई अगाडि बढाउँदै लगेको जानकारी दिंदै सामाजिक र रचनात्मक काममा निरन्तर क्रियाशिल रहन आग्रह गरे ।
भलिवलमा उपविजेता

यसैबिच रोट¥याक्ट क्लव अफ बुटवल साउथले आयोजना गरेको भलिवल प्रतियोगितामा रोटरी क्लव अफ बुटवल चौतारी उपविजेता बन्न सफल भएको छ ।
१२ औं रोटरी रोटर्याक्ट रनिङशिल्ड भलिवल प्रतियोगितामा आरसी बुटवल चौतारी उपविजेता बनेको हो । प्रतियोगिताको उपाधि भने रोटरी क्लव अफ इ मेडिको फ्युजनले जितेको थियो ।
प्रतियोगितामा रोटरी क्लव अफ बुटवल साउथ, रोटरी क्लव अफ बुटवल चौतारी, रोटरी लुम्बिनी स्टार्स, रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही, रोटरी क्लव अफ इ मेडिको फ्युजन, रोटरी क्लव अफ बुटवल डाउनटाउन गरी ६ वटा टिमले भाग लिएका थिए ।