© २०२३
बुटवल, २५ चैत ।
रुपन्देहीमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा राईजिङ स्टार युवा क्लब विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा परिवारको आयोजनामा सोमबार भएको खेलमा बसन्तपुर युनाईटेड क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै राईजिङ स्टार युवा क्लब अन्तिम चारमा स्थान बनाएको हो । अब राईजिङ स्टारले आयोजक पचहत्तर युवा परिवारसंग सेमीफाईनलमा भेट पक्का गरेको छ ।
सिद्घेश्वर खेल मैदानमा भएको क्वाटरफाईनल निर्धारित समयमा दुबै टिमबाट १–१ गोलको बराबरी भएको थियो । खेलको ५ औ मिनेटमा राईजिङ स्टारका रेखा बिष्टले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर त्यो धेरै बेर टिक्न सकेन । खेलको ३६ औ मिनेटमा बसन्तपुरकी उमा रानामगरले बराबरी गोल गरिन । थप गोल हुन नसकेकेपछि खेल ट्राईबेकरमा धकेदियो । खेलमा स्टार युवा क्लबका भुमिका बुढाथोकी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा समेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने उनले बताए । मंगलबार हेटौडा फुटबल एकेडेमी र एमएससी भारत बिचमा अन्तिम क्वाटरफाईन खेल हुने क्लबका सचिव दिपक गुरुङले बताए । प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।