© २०२३
दाङ, २५ चैत ।
लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ मा नवलपरासी विरुद्ध रुपन्देहीले ८४ रनको जीत हासिल गरेको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा शुरु भएको प्रतियोगितामा १ सय ४७ रनको लक्ष्य पछ्याएको नवलपरासी १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ६२ रनमा समेटिएपछि रुपन्देहीले ८४ रनको सानदार जीत हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा विजयी लक्ष्य पछ्याएको नवलपरासीका लागि ओमकार यादवले सर्वाधिक ३१ रन जोडे । ओमकारले २२ बलमा २ छक्का र २ चौकाको मद्दमा २१ रन जोड्दै बिपर्शन केसीको बलमा बोल्ड आउट भए ।
नवलपरासीका दीलिप कुर्मीले ११ रन जोड्ने बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
मनिष तिवारी ५ रन, हिल्सन पाण्डे र शिशिर थापाले समान ४/४ रन जोडे ।
मृनाल गुरुङ १० जोडेर पेभेलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । नवलपरासीका लागि ईक्लाक अहमद वारसीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । यसैगरी, दीलिप कुर्मी, जितेन्द्र केवट सहनी, शिशिर थापा, यमन भण्डारीले समान १/१ विकेट लिए ।
रुपन्देहीलाई जीत दिलाउन नवलपरासीको ब्याटरलाई पेभेलियन फर्काउन महत्त्वपूर्ण चार विकेट लिएका रमेश कुर्मी प्लेयर अफ द म्याच भए ।
यसअघि, घोराहीमा भएको खेलमा दाङले रोल्पालाई १० विकेटले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको छ । प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा रुकुम पूर्व बाहेक लुम्बिनीका ११ जिल्लाको सहभागीता रहेको छ ।
प्रदेश सरकारको खेलकुद परिषदले पहिलो पटक आयोजना गरिएको प्रतियोगिता दाङको दुई खेल मैदानमा भईरहेको छ ।