ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

लुम्बिनी कपले महिला खेलाडीलाई अवसर प्रदान गर्नेछः कप्तान एन्जिला

२१ चैत्र २०८१, बिहीबार
२१ चैत्र २०८१, बिहीबार

नेपालगन्ज, २१ चैत ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सुरुवात हुुनु खुसीको कुरा भएको बताएकी छन् । आफनो जीवनीमा आधारित फिल्म ‘एन्जिला’को प्रमोसन गर्न नेपालगन्ज आएकी एन्जिलाले बुधबार यहाँका महिला खेलाडीहरु भेटेकी थिईन् ।

एन्जिलाले भनिन्,‘नेपालगन्जमा महिला फुटबल हुनु खुसी कुरा हो । प्रतियोगिताले धेरै महिला खेलाडीलाई खेल्ने अवसर दिनेछ । महिलाको प्रतियोगिता नेपालमा धेरै कम हुने गरेको छ । यस्तो अवस्थामा महिला फुटबल हुनु सुखद कुरा हो । प्रतियोगिता सफलताको कामना गर्दछु ।’

खेलकुदको क्षेत्रमा धेरै जनाले निराशाजनक कुरा गर्ने गरेको बताउँदै कप्तान एन्जिलाले आफनो लक्ष्य अनुसारको काम गर्न सक्नु पर्ने बताईन् । उनले भनिन् , ‘फुटबल क्षेत्रमा पनि धेरै अभाव होला । तर मैले मेरो रुचीले फुटबल खेलेको हुँ । यसमा मैले जतिसक्यो राम्रो गर्ने प्रयास गर्ने हो । नतिजा भोली जे पनि हुन सक्छ, सकारात्मक भएर आफनो लक्ष्य अनुसार काम गर्नु पर्छ ।’

कप्तान एन्जिला लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको सद्भावना दुत हुन् । केहि दिन अघि एन्जिला र राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंहले दशरथ रंगशालामा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका थिए । लुम्बिनी कप फुटबलको आयोजनामा सद्भावना दुतको रुपमा रहेर एन्जिलाले नेपाली महिला फुटबलको विकासमा महत्वपुर्ण योगदान गरेको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । एन्जिलाले बुधबार नेपालगन्ज रंगशालाको भ्रमण गर्दै यहाँका महिला खेलाडी र खेलकर्मीसँग पनि भेट्घाट गरेकी थिईन् । उनले लुम्बिनी कप अन्तराष्ट्रिय महिला फुटबल सचिवालयको पनि निरीक्षण गरिन् । कार्यक्रममा उनलाई बाँकेका महिला फुटबल खेलाडी र पदाधिकारीले स्वागत गरेका थिए । कप्तान अन्जिलाले नेपालममा महिला फुटबलको स्तर बढ्दै गएको बताईन् । नेपालगञ्जमा आगामी बैशाख ५ गतेदेखि हुने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल तयारीका सन्दर्भमा पत्रकार भेटघाटका अवसरमा कप्तान एन्जिलाले नेपालमा महिला फुटबललाई व्यवस्थित गर्न थुपै्र चुनौति भएपनि अहिले प्राप्त अवसरवाट खेलाडीहरुले कडा मेहनत र संघर्षबाट फाइदा लिन सक्नु पर्ने बताइन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गर्ने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलकी सद्भाव दुतसमेत रहेकी कप्तान एन्जिलाले भनिन्,‘महिला फुटबलवाट अन्तर्राष्ट्रियस्तरको नतिजा चाहिएको हो भने राज्यका तर्पmवाट लगानी जरुरी छ । किनभने लगानी नगरेरै राम्रो प्रतिफल प्राप्त गर्न सकिदैन् भन्ने कुरा हामी सबैले बुझनु पर्छ ।’

नेपालगन्जमा राष्ट्रियस्तरको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुन लागेकोमा खुशी व्यक्त गर्दै कप्तान सुब्बाले महिला फुटबलका खेल प्रतियोगिताहरु भैरहनु पर्ने बताईन् । बुधबार नेपालगन्ज रंगशालाको भ्रमणका क्रममा एन्जिलाले नेपालगन्जमा महिला फुटबलको बारेमा बुझने प्रयास गरेको लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलका प्रचार–प्रसार संयोजक निरज गौतमले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?