ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

प्रदेश सरकारको रिफ्रेस सेन्टरः झाडीले छोपिदियो सरकारको करोडौं धन

झन्डै एक बिघा क्षेत्रफलमा साढे तीन करोडको लगानीमा स्मार्ट रिफ्रेस सेन्टर दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि २०७७ मंसिर १२ गते लुम्बिनी प्रदेशका तत्कालिन मुख्य मन्त्री शंकर पोखरेलले शिलन्यास गरेका थिए ।
२१ चैत्र २०८१, बिहीबार
२१ चैत्र २०८१, बिहीबार

बुटवल, २१ चैत ।
रूपन्देहीको सैनामैना नगरपालिकाका कमल चापागाई चार वर्ष पहिले आफ्नो गाउँमा सुबिधा सम्पन्न स्मार्ट रिफ्रेस सेन्टर बन्ने कुराले खुशी थिए । खुशीसगै आफू स्थानीय भएको नाताले त्यहाँ केही व्यवसाय गर्न सकिन्छ कि भन्ने सोंच थियो । तर त्यो उनको सोंच अहिले निरासामा बदलिएको छ । सेन्टर निर्माण पछि यस ठाउँ चहलपहल बढ्ला सानो रोजीरोटी गरेर परिवार पाल्ने वातावरण बन्छ कि भन्ने सोंचमा थिए उनी । अहिले उनले वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका छन् ।
उनी मात्रै होईन त्यही ठाउँका भरत विष्टले पनि केही व्यवसाय गर्ने सोंच बनाएका थिए उनकी श्रीमती अनिता विष्ट बताउँछिन् सेन्टर बन्यो भने यहि केही गर्ने भन्न थियो । तर बनेन श्रीमान आर्थिक जोहोका लागि अहिले भारतमा छन् ।

उनीहरू मात्रै होईन रूपन्देहीको सैनामैना नगरपालिका ९, पिपलडाँडामा बन्न लागेको यो रिफ्रेस सेन्टरले स्थानीय धेरैको आशा जागेको थियो । यो सञ्चालनमा आउँदा त्यस क्षेत्रमा चहलपहल बढ्ने उनीहरूको अपेक्षा थियो । यहाँ पूर्व पश्चिम भएर हिँड्ने धेरै सवारी साधनले यहाँ आराम गर्दा सानोतिनो खर्च गर्दछन् र साना व्यवसाय पनि चल्छन् भन्ने उनीहरूको आंकलन थियो । तर पूर्वाधारको निर्माण पुरा हुन नपाउँदै एकपछि अर्को गर्दै निर्माण भएका संरचना पनि भत्किने डर बढेको छ । रिफ्रेश सेन्टर भन्ने पूर्वाधार निर्माण क्षेत्रमा वरिपरि घाँस र अन्य वनस्पतिले छापिएर झाडि बन्दै गएको छ ।

झन्डै एक बिघा क्षेत्रफलमा साढे तीन करोडको लगानीमा स्मार्ट रिफ्रेस सेन्टर दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि २०७७ मंसिर १२ गते लुम्बिनी प्रदेशका तत्कालिन मुख्य मन्त्री शंकर पोखरेलले शिलन्यास गरेका थिए । यो सेन्टर निर्माणपछि लामो दुरीका यात्रुहरूले यात्राका क्रममा यहाँ आएर आराम गर्ने, खाना नास्ता खाने, नुहाउने, शौचालय प्रयोग गर्ने र केही समय आराम गरेर गन्तव्य सम्म पुग्नका लागि सहज हुने परिकल्पना गरेर निर्माण शुरु गरिएको सरकारका अधिकारीहरू बताउँछन् । सेन्टर निर्माण गरिने स्थलमा भएका संरचनाहरू पनि जीर्ण र खण्डहरमा परिणत हुँदै गएको छ । लामो दुरीका सवारी चालक र यात्रुलाई आरामका लागि प्रदेशका पाँचवटा जिल्लामा स्मार्ट रिफ्रेस सेन्टर बनाउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा रूपन्देहीको सैनामैनामा रिफ्रेस सेन्टर बनाउन सुरु गरिएको थियो । स्मार्ट रिफ्रेस सेन्टरमा अत्याधुनिक सुविधा सम्पन्न कोठा, शौचालय, नुहाउने कोठा, पार्क, पार्किङ्ग स्थल, आराम कक्ष , सवारीका साधन सरसफाई गर्ने, विद्युतिय गाडीको चार्जिङ स्टेशन र सवारी चालक कोठा लगायतका संरचना बन्ने गरि यसको डिपिआर सहित निर्माण प्रक्रिया थालिएको हो ।

राजकुमार चौधरी
प्रमुख, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रुपन्देही

संरचना निर्माण सम्पन्नपछि नगरपािलका हस्तान्तरण गर्ने र नगरले निजी क्षेत्रलाई सञ्चालनका लागि टेन्डर मार्फत काम गर्ने योजना सहित सेन्टर निर्माणको काम शुरु भएको सैनामैना नगरपालिकाका पूर्व नगरप्रमुख चित्र बहादुर के सीले जानकारी दिए । पछिल्लो तीन वर्षदेखि सेन्टरका लागि प्रदेश सरकारले बजेट शुन्यमा पु¥याउँदा समस्या भएको उनले बताए ।
अहिले सम्म प्रदेश सरकारले रिफ्रेस सेन्टर निर्माणका लागि पहिलो चरणको काम गर्न करिब ३ करोड रुपियाँ खर्च गरिसकेको केसीको दावी छ । तर अहिले यो गौरवको योजनालाई लुम्बिनी प्रदेश सरकारले वेवास्ता गर्दा नामको मात्र गौरवको आयोजना भएको उनको बुझाइ छ ।

रिफ्रेस सेन्टर निर्माण सम्पन्न गर्नका लागि प्रदेशले आफूहरूसँग राय सुझाव मागे हामीले दिएको सुझाव प्रदेश सरकारको कागजको पानामा मात्रै सिमित हुन पुगेको सैनामैना नगरपािलकाका नगर प्रमुख फणिन्द्रप्रसाद शर्माले बताए । उनले प्रदेशले योजना सम्पन्न भएको भए यतिखेर मर्मत संभार गरिनु पर्ने समय हो । यो नगरपालिकाको आम्लानीको बलियो स्रोत हो तर यो साेंचाई आकासको फल जस्तै हुनि भयो उनले भने ।

रिफ्रेस सेन्टरको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगिकुटीले निर्माण र हेरदेखको जिम्मा लिएको थियो । रिफ्रेस सेन्टरको पहिलो चरणको काम सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रूपन्देहीका कार्यालय प्रमुख राजकुमार चौधरीले बताए । पहिलो चरणको काम सम्पन्न गर्दा ३ करोड ७४ लाख ६७ हजार रुपियाँ खर्च भएको प्रमुख चौधरीले जानकारी दिए । तयसै गरी दोस्रो चरणको कामका लागि अझै करिव २ करोड रुपियाँ आवश्यक पर्छ जुन बजेट नहुदा काम हुन सकेको छैन । तर पनि प्रदेश सरकारले नगरपालिकासँगको छलफल गरेर दोस्रो चरणको काम नगरले ने गर्ने गरी हस्तान्तण गर्ने भन्ने कुरा भएको छ । पत्र आउना साथ हामीले छलफल र मर्मतको काम गरेर नगरलाई सञ्चालनका लागि जिम्मा दिने छौं ।

उनले पहिलो चरणको काम अन्तर्गत तीन वटा ब्लक, शौचालय, चालक ब्लक निर्माण भएको र दोस्रो चरणको काम अन्र्तगत पार्क, पार्किङ्ग स्थल, सिटिङ्ग एरिया, पाथ वे, रोड एरिया, कार वासिङ्ग, चार्जिङ स्टेशन लगाएतका काम गर्न बाँकी रहेको बताए । महेन्द्र राजमार्ग सडक खण्डको लुम्बिनी प्रदेश भित्रका नवलपरासीको वर्दघाट , रूपन्देही सैनामैना, कपिलबस्तुको चन्द्रौटा, दाङ्ग लमही र बर्दियाको बासगढीमा चार वर्षको अवधीमा पूर्वाधार निर्माणको कार्य मात्रै सम्पन्न भएको छ । लामो दुरीमा सवारी चलाउने सवारी चालकर सबमा यात्रा गर्ने यात्रुको सुबिधाका लागियो सेन्टर निर्माण शुरु गरिएको हो ।लामो दुरीमा सवारी चलाउदा सवारी चालक शरिरीरक र मानसिक रूपमा थाकान महसुस गर्दा अत्याधिक मात्रामा सवारी दुर्घटना हुने र सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले तत्कालिन प्रदेश सरकारले गौरवको आयोजना घोषणा गरि आयोजना थालिनी गरे पनि यतिखेर बजेट अभावका कारण गौरवको योजनाबाट हटाइएको प्रमुख चौधरीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?