ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

कृषि उपजका सटर टेन्डर अबिलम्ब खोल्न व्यवसायीको माग

२१ चैत्र २०८१, बिहीबार
२१ चैत्र २०८१, बिहीबार

बुटवल, २१ चैत ।
बुटवल उपमहानगरपालिका वडा नम्बर– ६ मा रहेको बुटवल कृषि उपज तथा थोक बजार केन्द्र लामो समय देखि बिना टेन्डर सञ्चालनमा रहेको भन्दै व्यवसायीहरूले विरोध गरेका छन् । नयाँ टेन्डरमा जाने भन्दै सूचना प्रकाशित गरेपनि त्यहि भित्रका व्यवसायीहरूले पुनः अदालतमा मुद्दा हालेपछि टेन्डर अनिर्णयको बन्दी भएको भन्दै अबिलम्ब टेन्डर सूचना अनुसार गरिएको कार्यलाई पूरा गर्नको लागि व्यवसायीहरले माग गरेका हुन् ।लामो समयदेखि पुर्ववत सम्झौता सकीएपछि पनि सटरमा व्यवसाय गर्दै आएका व्यवासायीहरूले अदालित पक्रियामा झमेला गरी अहिले सम्म पनि ‘अवैध’ रूपमा बसोबास गर्दै आएको व्यवसायीहरूले विरोध गरेका हुन् ।

वि.स. २०८१ भदौ २४ गते कृषि बजार व्यवस्थापन समितिले ६८ वटा सटर भाडामा लगाउने गरी बोलपत्रको सूचना प्रकाशन गरेको थियो । सोही अनुसार ६८ वटा सटरको लागि २ सय ६७ वटा बोलपत्र दर्ता भएपनि लामो समय अदालती प्रक्रियामा गएको भन्दै लामो समय देखि उक्त टेन्डर नखोली यत्तीकै राखीएको भन्दै टेन्डर हालेका पीडित व्यवसायीहरूले लामो समयसम्म धरौटी बापतको रकम राखेर टेन्डर नखोली बन्दी बनाएको भन्दै विरोध गरेका हुन ।विहीबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी टेन्डर हालेका व्यवसायीहरू ऋषव पोखरेल, बोधराज भण्डारी (कृष्ण), युवराज सापकोटा, माधव पन्थ, शिव आचार्य, रामु पौडेल, मुक्ती भण्डारी, टिकराम सापकोटा, सुन्दर श्रेष्ठ, कपिल पोखरेल, धन बहादुर थापा, सहित का २५ जना व्यवसायीहरूले अविलम्ब टेन्डर खोल्नको लागि माग गरेका हुन । पत्रकार सम्मेलनको आयोजना गरी व्यवसायी ऋषव पोखरेलले लामो समय देखि आफु सहित का २ सय ६८ वटा टेन्डरबापत धरौटी रकम बैंकमा जम्म भएको तर त्यो बापत अहिले सम्म पनि कुनै पनि कार्य अगाडी नबढेको भन्दै थप कानूनी बाटोमा अगाडी बढ्ने समेत बताए । उनले भने–‘नियमसम्मत रूपमा व्यवसायीले हालेको टेन्डर खोल्नुपर्दछ, यदी खोलिएन भने हामी थप कानूनी बाटो अपनाउने चेतावनी दिन्छौं ।’

कृषि बजार व्यवस्थापन समिति बुटवल यो क्षेत्रमा पहिलो पटक सरकारी, नीजी र साझेदारी अनुसार वि.स. २०६७ सालमा शुभारम्भ भएको थियो । जसमा बुटवल उपमहानरपालिका, संघीय सरकार कृषि मन्त्रालय अन्र्तगतको कृषि पूर्वाधार विकास महाशाखा र व्यवसायीहरूले संयुक्त लगानीमा स्थापना भएको हो । जस अनुसार सुरुवाती बर्षमा व्यवसायी (नीजि) लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी समिति मार्फत १० बर्षको लागि लगानी गर्ने र सम्झौता अनुसार लगानी गरिएको भाडा प्रयोग गरिएको सटर बाट प्रत्येक महिना कटौती गर्ने गरी कार्य अगाडी बढेको थियो । जस अनुसार वि.सं. २०७७ सालमा नै व्यवसायीहरूको बाहल सम्झौता समाप्त भएको छ । कोरोना कहरको बेला थप अर्को निर्णय नहुँदा सम्मको लागि उक्त बाहाललाई निरन्तरता दिने गरी निर्णय भए अनुसार व्यवसायीहरूलेले अहिले सम्म पनि बाहलमा बस्दै आएका छन् ।

जस अनुसार जिल्ला अदालतमा केही व्यवसायीहरूले आफूहरू बाहलमा बस्न पाउनुपर्ने, संस्थापक सदस्यको रूपमा निश्चित सटर छुट्टाएर मात्रै टेन्डर गर्नुपर्ने भन्दै जिल्ला अदालतमा गत साउन ७ गते मुद्दा दर्ता गरेका थिए । जस अनुसार जिल्ला अदालतबाट संस्थापक सदस्यहरूको कोटा निर्धारण गरी पुनः टेन्डर गर्नको लागि आदेश दिएको छ । यो विषयमा अन्तरिम आदेशको माग सहित जिल्ला अदालत भन्दा पहिला नै केही व्यवसायीहरले सर्वोच्चमा समेत रिट हालेका थिए । तर सर्बोच्चले रिट खारेज गरिदिएको थियो ।

यता, बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषालले पछिल्लो समयमा जिल्ला अदालतबाट भएको आदेश अनुसार अनिर्णयको बन्दी भएको भन्दै आफुले टेन्डर पक्रिया सुरुवात गर्न माग सहित, छिटो निर्णयको लागि उच्च अदालत बुटवलमा समितिको तर्फबाट रिट समेत दायर गरिएको जानकारी दिए । यसबाट आएको निर्णय अनुसार आफु टेन्डर खोल्ने पक्षमा रहेको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 100%