© २०२३
चन्द्रौटा, ६ पुस ।
कपिलवस्तुको चन्द्रौटामा ९औं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुने भएको छ । शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटामा ९औं महोत्सवको तयारी सुरु भएको शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक पछि महोत्सव हुने भएको हो । व्यापार संघको कपिलवस्तुको आयोजनामा आगामी माघ ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको संघले जनाएको छ ।
“कृषि, उद्योग, पर्यटन र व्यापारः स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ आयोजना गरिने महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने व्यापार संघका अध्यक्ष महादेव पोख्रेलले जानकारी दिए । महोत्सवलाई नयाँपन दिने र जिल्लाका अन्य स्थानीय तहसँग सहकार्य गर्दै पर्यटन तथा औद्योगिक क्षेत्रमा प्रचारप्रसार गरिने समेत उनले बताए । महोत्सवले कृषि, उद्योग, र पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्दै स्थानीय उत्पादन तथा रोजगारीलाई प्राथमिकता दिने बताए ।
कार्यक्रमका अवसरमा नवनिर्वाचित पत्रकार महासंघ कपिलवस्तुका सचिव सनिउल्ला धोबी र सदस्य माधव बेल्वासेलाई सम्मान गरिएको थियो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष जगत पौडेलको स्वागत मन्तव्य र महासचिव गोपाल बञ्जाडे लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी