© २०२३
बुटवल, ५ पुस ।
कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा चौथो कालिका कप अन्तर्गत कबड्डीतर्फ छात्र÷ छात्रा दुबैमा कालिका मानवज्ञान मावि प्रथम भएको छ । शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा कड्डीतर्फ छात्रातर्फ कालिका मानवज्ञान मावि प्रथम, नविन औद्योगिक मावि द्वितीय र न्यू होराईजन मावि तृतीय भएका हुन् ।
यस्तै छात्रतर्फ कालिका मानवज्ञान मावि प्रथम, द्वितीय न्यू होराईजन मावि र तृतीय होराईजन जिविएस भएका हुन् ।
यस्तै भलिवलतर्फ छात्र छात्रामा न्यु होराईजन मावि विजयी भएको छ । छात्रतर्फ न्यु होराईजन प्रथम, कालिका मानवज्ञान मावि द्वितिय र जनज्योति मावि तृतीय भएका हुन् । छात्रा तर्फ न्यु होराईजन प्रथम, एभरेष्ट ईङलिस बोर्डिङ्ग स्कुल द्वितिय र कुवरवर्ती मावि तृतिय भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रतर्फ न्यू होराईजन माविका रुपेश नेपाली पुरस्कृत भए भने छात्रातर्फ एलिना चौधरी न्यु होराईजन माविकै भइन् । भलिवल तर्फ उत्कृष्ट प्रशिक्षकको रुपमा उदय बम मल्ललाई पुरस्कृत गरियो । कबड्डीतर्फ सलामुद्धिन अन्सारी र रोशनी सारु उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए । कबड्डीतर्फ कालिका मानवज्ञान माविका प्रशिक्षक हरि बहादुर वली उत्कृष्ट भए ।
विजेता विद्यार्थीहरुलाई नगर खेलकुद विकास समिति बुटवलका अध्यक्ष बोनिन पिया, कालिका मानवज्ञान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले शिल्ड, मेडल, प्रमण पत्र, कप प्रदान गरेका थिए ।
यस्तै एथलेटिक्स तर्फ पशुपति मावि प्रथम भएको छ । ४ स्वर्ण, ४ रजत र ३ कास्य सहित प्रथम भएको हो । द्वितिय कालिका मानवज्ञान मावि भएको हो । ३ स्वर्ण, २ रजत, ३ कास्य सहित कालिका द्वितिय भएको हो । यस्तै जनज्योति मावि तृतिय भएको छ । ३ स्वर्ण प्राप्त गरेको थियो । कालिका मानवज्ञान माविको बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा शनिवार विहान १० बजे सेक्टर २ रामनगरमा प्रदेशका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा विद्यालयमा स्थापित छात्रावृत्ति अक्षयकोषबाट छात्रवृत्ती वितरण सहितका कार्यक्रम आयोजना हुने छ । समापन समारोह पुस ७ गते विहान ९ बजे कालिका मानवज्ञान मावि सेक्टर १ कालिका नगरमा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा हुने छ ।