© २०२३
दाङ, ५ पुस ।
घोराहीमा सातौँ संस्करणको मेयरकप फुटबल प्रतियोगितामा शुरु भएको छ । आजबाट शुरु भएको खेलमा वडा नम्बर १३ ले विजयी शुरुवात गरेको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारबाट शुरू भएको मेयरकपको उद्घाटन खेलमा साविक विजेता वडा नम्बर १७ लाई ३–२ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १३ ले विजयी शुरुवात गरेको हो ।
घोराही १८ नवलपुर फुटबल मैदानमा भएको खेलमा वडा नम्बर १३ का विक्रम जिएम, कपील बुढा र प्रमोद बुढाले १–१ गोल गरे । वडा नम्बर १७ का विक्रम बिक र सौरभ चौधरीले १–१ गोल गरे । पहिलो हाफ २–० गोलले अग्रता बनाएको वडा नम्बर १३ ले दोस्रो हाफमा वडा नम्बर १७ ले लगातार २ गोल गर्दै बराबरीमा पुर्याएको थियो । खेलको अन्तिम समयमा १३ वडाले पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दै साविक विजेतालाई हराउँदै २ अंक जोडेको छ ।
घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले खेलमा पालिकाले एक वडा एक खेल मैदान, स्वस्थ युवा बनाउने अभियानलाई सफल बनाउन पालिकामा तालिका बनाएरै हरेक प्रकारका खेलकुदका गतिविधि शुरू गरेको बताए । युवाहरूलाई खेलकुदमा जोड्दै उनीहरूको खेल क्षमताको विकास गर्न र खेल क्षेत्रलाई व्यावसायिक बनाउने नीतिलाई अघि सारेर हरेक वर्ष मेयर कप थालनी गरिएको भन्दै खेल पूर्वाधार सुधारमा पनि ध्यान दिएको बताए । राज्यले खेल क्षेत्रको वृहत विकासका लागि वातावरण बनाउँदै लगेको हुँदा यसको लाभ लिन सक्ने गरि खेल क्षेत्रमा लाग्न खेलाडी तथा नयाँ पुस्तालाई आग्रह गर्दै स्थानीय सरकारले यसमा सघाउँदै आएको बताए ।
सामाजिक विकास समिति संयोजक तथा नगरप्रवक्ता राममणि पाण्डेले अबका युवालाई सुधार गृह नभई खेल मैदान अति आवश्यक भएकाले हरेक वडामा खेल मैदान निर्माण गरेर उनीहरुको रुची अनुसारको खेलमा लाग्न प्रेरित गर्ने काम उपमहानगरले गरिरहेको बताए । कार्यक्रममा घोराही १७ का वडा अध्यक्ष रामलौटन चौधरीले खेलकुद क्षेत्रको विकास र पवद्र्धनमा वडा कार्यालयदेखि सिंगो पालिका लागि परेको उल्लेख गर्दै खेल अनुशासन दैनिक जीवनमा पनि कार्यान्वयनमा लागू गर्न खेलाडीहरुलाई आग्रह गरे । पालिकाको शिक्षा विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले उपमहानगरले भौतिक विकासलाई दिगोे राख्न सामाजिक विकाससँगै मानवीय विकासका लागि नागरिकको व्यवहार, आचरण तथा सोँच परिवर्तनमा पनि ध्यान दिएको बताए ।
प्रतियोगिता अन्तरगतका सबै खेल नवलपर खेल मैदानमै हुनेछ । नकआउट चरणमा खेलाइएको खेलको फाइलन खेल पुस २३ गते हुने भएको छ । प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडम, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ । लिग कम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा पालिकाभरका १८ वटा वडाको सहभागीता रहेको छ । अब शनिबारदेखि लिग चरणका खेलहरु दैनिक तीन वटा हुनेछ । शनिबार बिहान ११ बजे वडा नम्बर ११ र ७, दिउँसो १ बजे वडा नम्बर ५ र १० तथा ३ बजे वडा नम्बर १८ र १२ बिच प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितिले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी