© २०२३
नवलपरासी, ६ पुस ।
लुम्बिनी प्रदेश सरकारले कृषकका लागि लागू गरेको ‘डोर टु डोर’ सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रम अन्तर्गत किसानको घरगोठमा पुगेर समस्याको सोधखोज गरी परामर्श र उपचारको काम गरिन्छ ।
प्रदेश अन्तर्गत रहेको भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार पशुचित्कसकले पशुमा देखिने बाँझोपन, गोठको अवस्था, पशुको आहारा लगायतका विविध समस्या पशु चिकित्सक तथा विज्ञ सहितको टोलीले उपचार गर्ने गर्दछन् । पशुपालक किसान लक्षित विभिन्न कार्यक्रमहरू भए पनि योे डोर टु डोर कार्यक्रम अरूभन्दा प्रभावकारी देखिएको पशुकिसानको भनाइ छ ।
कार्यक्रम गत बर्ष पशुपालक किसानको समस्या बुझ्न र निदान गर्न गरिएको डोर टु डोर कार्यक्रम प्रभावकारी भएपछि यो कार्यक्रमले निरन्तरता पाउँदा किसानमा समेत उत्साह थपिएको छ । कार्यक्रमको निरन्तता दिँदै जिल्लास्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले जनाएको छ । पशुपालक कृषकको घरदैलोमै पुगेर पशुपालनका समस्या बुझ्नका लागि सुनवल नगरपालिकाको भुमहीबाट शुभारम्भ गरिएको थियो, केन्द्रका सूचना अधिकारी शुरेस मिश्रले भने, सुस्ता गाउँपालिकामा पनि सो कार्यक्रम सम्पन्न गरिएको छ । यसमा स्थानीय सरकारले सघाउने हो भन्ने सबै गाउँपालिका र नगरपालिमा काम गर्न सक्ने अवस्था रहेको उनले जानकारी गराए ।
लुम्बिनी प्रदेश सरकारको सिमित साधन स्रोतले काम गर्दै आएका छौ, उनले भने, विश केन्द्रसँग पशु चिकित्सक र विज्ञहरू रहेका छन्, तर बजेट अभाव छ, यदि स्थानीय सरकारले समन्वय गथ्र्यो भन्ने प्रदेशको विज्ञ र चिकित्सक स्थानीयको बजेटले धेरै किसानलाई राहत पु¥याउन सकिन्थ्यो । उनका अनुसार गत आर्थिक बर्ष २०८०/०८१ मा जिल्लाका १ सय २१ घरधुरीमा पुगेर डोर टु डोर सेवा प्रदान गरिएको थियो । जस्मा १ सय ७१ बाँझोपन भएका गाई र ८७ भैसीमा कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको थियो । पोषण पुरक औषधी (फुड सप्लीमेन्ट्र) र भिटामिनहरू प्रदान गरिएको थियो । जस्मा ७१.१ प्रतिसत सफलता मिलेको थियो । चालु आर्थिक बर्षमाा पनि सुस्तामा ३५ घरधुरी र सुनवलमा ४२ घरधुरीलाई सो सेवा प्रदान गरिएको सुचना अधिकारी मिश्राले बताए । कार्यक्रममा पशुपालक किसानका फर्म र घरमा रहेका दुधालु गाई भैंसी मध्ये अधिकाँसमा बाँझोपन जस्ता समस्या देखिएको अस्पतालकी पशु चिकित्सक डा. विभुती सिँहले बताएन् । ती पशुको उपचार घरदैलोमै गरिएको थियो, उनले भनिन्, मानिसहरू बरु सेवा लिन स्वास्थ्यचौकीमा पुगेर स्वास्थ्य सेवा लिइरहेका छन्, तर यो डोर टु डोर कार्यक्रमले पशुलाई घरदैलोमै पशु स्वास्थ्यकर्मी पुगेर उपचार गरिरहेका छन् । यसले किसानलाई राहत पुगेको छ, उनले थपिन्, पशुचिकित्सकलाई पनि यो कार्यक्रमले सक्रिय बनाएको छ । यसले उत्साह पनि थपेको उनको भनाइ थियो । पशु बिरामी हुँदा त किसानले थाहा पाउने र उपचारका लागि आफै सक्रिय हुने गरेको भए पनि बाँझोपनलाई समस्याको रूपमा नलिई समान्य रूपमा हेर्ने गरेको हुदा यस्मा किसानले सकेसम्म ति गाई भैसीलाई पाल्ने र नसके बिक्री गर्नुका साथै छाडा पनि छाडिदिइने गरेका थिए । खासगरि भैसीको मासु नेपालमा खाने प्रचलनले बाँझो भैसी त मासुका लागि विक्रि भई नै हालेका छन्, डा. सिँहले भनिन्, तर गाईलाई काट्ने मासु खाने नेपालमा खुलेयाम प्रचलन नभएको हुदा छाडा छाड्ने समस्या देखिएको हो । डोर टु डोर कार्यक्रममा पशुमा देखिने समस्याको चिकित्सय परामर्श, उपचार तथा केही औषधी तथा पोषणयुक्त मन्टिभिटामिनहरूको किट समेत उपलब्ध गराईने गरिएको उनले जानकारी गराईन् । पूर्वाधारलाई प्राथमिकता त्यसपछि समाजिक क्षेत्र रहेको तर स्थानिय सरकारको आर्थिक विकास शाखा भनेर चिनाउने क्षेत्रमा लगानी कम भेटिनु दुखद भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले बताए ।
स्थानीय तह पनि जनतासँगको नजिकको सरकार हो, तर सरकारको प्राथमिकतामा आर्थिक विकास परेको देखिएको छैन । बाँझोपनको समस्याका प्रमुख कारण लम्पी स्किन, खोरेत तथा अन्य महामारी रोग आउनुका साथै पशुलाई दिइने सन्तुलित आहारा नहुदा सन्तुलित पोषण अभावका कारण पनि बाँझोपन बढेको उनले बताए । सुत सुन्निनु, सूतको भित्रिभागमा रातो अथवा गुलाफी रँग जस्तो देखिनु तुरतुर पिसाब फेरि रहनु, दुध घटाउनु, कराउनु जस्ता लक्षण समेत देखाएको बारे किसानलाई सुझाव दिइएको थियो । त्यसै गरि सबै पशुमा यस्ता लक्षणहरू राम्रोसँग नदेखिन पनि सक्छ । यस्तो ऋतुकाललाई मन्द ऋतुकाल भनिन्छ । यस्तोमा पशुको प्रत्यक्ष हेरचाह गर्ने व्यक्ति अझ चनाखो हुनु जरुरी छ र प्राविधिकले पनि भित्रि अंगहरूको परिक्षण गरी निर्कयौल गर्न जरुरी हुन्छ । प्रजनन दर उच्च हुनका लागि मुख्यत ऋतुकाल पहिचान गर्ने दक्षता कृत्रिम गर्भाधानकर्ताको क्षमता पशुको प्रजनन क्षमता र वीर्यको प्रजनन क्षमतामा भर पर्ने गर्छ ।
यसका लागि गर्भ रहने दर बढाउन ऋतुकाल शुरु भएको १२ देखी २० घण्टा भित्रको समयलाई कृत्रिम गर्भाधान गराउन उपयुक्त समय मानिन्छ,सोही बेला कृत्रिम गर्भाधान गराउनु पर्छ । पशु मन्द ऋतुकालमा हुन सक्छ त्यस्तो अवस्थामा किसान चनाखो हुनु पर्छ र प्राविधिकले प्रजनन अंग परीक्षण गरेर मात्र पशु ऋतुकालमा आए नआएको निधो गर्नु पर्छ । पशु ब्याएको कम्तीमा पनि ४५ देखी ६० दिन पछि मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ । पशु तुहाएको छ भने त्यस्तो अवस्थामा दुईवटा ऋतुकाल छोडेर मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ ।
यसैगरि कहिलेकाहीँ गर्भाधानमा पनि पशु ऋतुकालमा आउन सक्छ यस कारण कृत्रिम गर्भाधान गर्नु पुर्व इतिहास लिने र गर्भ परिक्षण गर्ने कार्य गर्नुपर्छ । यदि कृत्रिम गर्भाधान गराउन पशुलाई टाढाबाट ल्याइएको भए कम्तीमा पनि १५ मिनेट आराम गर्न लगाई त्यसपछि मात्र कृत्रिम गर्भाधान गराउनु पर्छ । पशु विरामी भएको अवस्थामा वा ज्वरो आएकोमा कृत्रिम गर्भाधान गर्नु हुदैन यदि गरेमा पनि गर्भधारण दर कम हुन्छ । यदि पशु ऋतुकालको समय १७ दिन भन्दा कम र २५ दिन भन्दा बढि छ भने पशुको उपचार गरेर मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ । पशुलाई दाना वा अनाजमा भन्दा धेरै खनिज पदार्थ हरियो घाँसमा हुन्छ । हरियो घाँस खान नपाएको अवस्थामा मिनरल मिक्स्चर किनेर दानामा मिसाएर खुवाउनु पर्ने हुन्छ,जस्ता सन्देश पनि यो अभियान भित्रै दिदै आएको केन्द्रले बताएको छ ।