ट्रेंडिंग:

>> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए

तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’

तलोत्तमा नगरपालिकाले नीतिगत व्यवस्था नै गरी ‘भिजिट लुम्बिनी स्टे ईन तिलोत्तमा’ अभियान सुरुवात गरेको छ । पालिकाका विभिन्न पर्यटकीय क्षेत्रको विकास सहित हस्पिटालिटी क्षेत्रमा आधुनिक होटल, रेष्टुरेन्टको प्रवद्र्धनात्मक कार्यक्रम नगरपालिकाले चलाइहेको छ ।
१९ चैत्र २०८१, मंगलवार
१९ चैत्र २०८१, मंगलवार

बुटवल, १९ चैत ।
भगवान गौतम बुद्ध जन्मीएको जिल्ला रूपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका संगै जोडीएका पालिकाहरूले पर्यटन प्रवद्र्धनको काम जोड नदिइरहेको अवस्थामा तिलोत्तमा नगरपालिकाले नीतिगत व्यवस्था नै गरी ‘भिजिट लुम्बिनी स्टे ईन तिलोत्तमा’ अभियान सुरुवात गरेको छ । नगरपप्रमुख रामकृष्ण खाँणका अनुसार भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई बास बस्नको लागि भौतिक सहितका विभिन्न संरचना निर्माण गरी तिलोत्तमामा बास बसाउने गरिएको अभियान अहिले जारी रहेको हो ।

जसअनुसार पालिकाका विभिन्न पर्यटकीय क्षेत्रको विकास सहित हस्पिटालिटी क्षेत्रमा आधुनिक होटल, रेष्टुरेन्टको प्रवद्र्धनात्मक कार्यक्रम नगरपालिकाले चलाइरहेको छ । नगरपालिका चालु आर्थिक बर्षको सुरुवाती बर्षमा गरिएको नगर सभामा नै लुम्बिनी घुम्न आउने पर्यटकलाई आफ्नो नगरमा बस्न अभियान सञ्चालन गर्नेगरी उल्लेख गरिएको थियो ।
तिलोत्तमाको चालु आर्थिक वर्षको नीति कार्यक्रममा नै उल्लेख गरी उक्त अभियानालई सार्थक रूप दिने गरी काम भैरहेको नगरप्रमुख रामकृष्ण खाँण बताउँछन् । जसको लागि लुम्बिनी विकास कोषको समन्वयमा अभियान सञ्चालन गर्ने गरी काम भैरहेको उनको भनाइ छ । सर्वप्रथम नरपालिकाले लुम्बिनी आउने पर्यटकलाई तिलोत्तमा नरगरपालिका भित्र रहेका विभिन्न हस्पिटालिटीको आंकलन, मूल्यांकन, सेवा सुविधा लगायतको विषयमा सोही विषय क्षेत्रका व्यवसायीहरूको विचमा वृहत छलफल गरी उक्त अभियान कार्यान्वयन गरिएको हो ।

रामकृष्ण खाँण
नगर प्रमुख, तिलोत्तमा नगरपालिका ।

पालिका भित्र सञ्चालनमा रहेका स्टार होटल देखि लिएर ए, बी र सी बर्गका होटलहरू समेत रहेको कारण यसको लागि थप संरचना निर्माणको लागि समेत व्यवसायीहरूको बीचमा सहकार्य गर्न सकिने उनको भनाइ छ । नगर प्रमुख खाँणका अनुसार कोटिहवामा रहेको देशकै चर्चित फाईभ स्टार होल टाईगर प्यालेस सहित नयाँ निर्माणको क्रममा रहेका स्टार होटलहरू, सञ्चालनमा आएका व्यवस्थित ए क्लासका होटलहरूले गर्दा पनि तिलोत्तमा बास बस्ने गतिलो स्थानको रूपमा अगाडी बढ्ने कुरामा दुईमत छैन ।

उनि भन्छन्–‘तिलोत्तमा नगरपालिका भित्र रहेका लगानीलाई प्रोत्साहन गर्न लुम्बिनी विकास कोषको समन्वयमा लुम्बिनी घुम्न जाऔं तर बास बस्न तिलोत्तमा आऔं’ भन्ने अभियान चलाउने छौं ।तिलोत्तमा क्षेत्रमा नयाँ स्थापना हुने आधुनिक, अत्याधुनिक होटल तथ बुटिक प्रकृतिका होटललाई नीति कार्यक्रममा नगरपालिका लाई समेटेर विशेष सम्बोधन गरिने नगर प्रमुख खाँणको भनाई छ । पालिकाले सबै वडाका पर्यटकिय स्थलको जानकारी सहित तिलोत्तमा पर्यटन पुस्तीका प्रकाशन गरिने, घुम्न जाउँ तिलोत्तमा, तिलोत्तमा घुमौं, तिलोत्तमा चिनौं जस्ता अभियान मार्फत आन्तरिक पर्यटन प्रर्वद्धका क्रियाकलाप सञ्चालन गरिने छ ।

यसको साथै संकरनगर वन विहार तथा अनुससन्धान केन्द्र (बनवाटिका) क्षेत्रमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने, नगरका मुख्य चोकमा पर्यटन सूचना पाटी राखिने नीति कार्यक्रममा उल्लेख छ । रोहिणी तिनाउ सौन्दर्यकरण योजना सञ्चालन गरिने रोहिणीमा बाँध बनाइ निमार्ण हुने जलाशयमा देवदह नगरपालिकासँगको सहकार्यमा जल पर्यटन सेवा सञ्चालन गरिने योजना पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । थारु संग्रालय सम्पन्न गर्ने, सखिया थारु होम स्टेलाई तिलोत्तमा नगरपालिकाको अतिथि सत्कार क्षेत्रको रूपमा विकास गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

लामो समय देखि निर्माण सम्पन्न भएको वन बाटिका क्षेत्र भित्र रहेको तिलोत्तमा बहुउदेश्य व्यवसायीक भवन सञ्चालनको लागि नयाँ आर्थिक बर्षमा शुभारम्भ गरिने योजना रहेको नगर प्रमुख खाँणले बताए । अहिले उक्त व्यवसायीक भवन (टावर) को लागि १ करोड बजेट नरपालिका बाट विनियोजन गरिएको जानकारी दिदै प्रमुख खाँणले जे जस्तो अवस्थामा रहेको छ, अन्य संरचना पछि थप्ने गरी उक्त टावर सञ्चालन गरिने जानकारी दिए । उनले भने–‘व्यवसायीक टावरमा स्वीमीङ्ग पुल सहितका संरचना पछि निर्माण गर्ने गरी अहिले आउदै गरेको नयाँ बर्षमा सञ्चालन गर्ने गरी काम अगाडी बढ्ने छन्,जसले पर्यटक तान्न सहयो पु¥याउने छ ।’

तिलोत्तमा नरपालिका भित्र आन्तरिक तथा बाह्य पर्यटकको तान्ने स्थानको रूपमा शंकरनगर बनबाटिका, बनबाटिका भ्यु टावर, कुन्जपार्क, बाऊन्नकोटी मन्दिर तथा पार्क, नन्द भाउजु ताल, सुख–शान्ति बौद्ध बिहार, हरियाली पार्क, शहिद स्मृति पार्क, तिलोत्तमा पार्क, बिपी पार्क, हात्ती पाक रहेका छन् । धार्मिक स्थलमा श्रीङ्गेश्वर धाम, सरस्वति पंचायन मन्दिर, बैदिक आश्रम, देबिस्थान मन्दिर, बौद्ध बिहार करौजिया, मोक्षधाम ,अन्तराष्ट्रिय बौद्ध परियात्ति उदय बिहार, ऐतिहासिक कुमारबर्ती कुवा, बिन्दबासिनी धाम, बासघारी मन्दिर, विभिन्न बौद्ध गुम्बा, विभिन्न मठ मन्दिर लगायतका रहेका छन । यहाँका विभिन्न होटल रिसोर्ट तथा होम स्टेहरूले पनि आन्तरिक तथा पर्यटक तानिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?