ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु

१९ चैत्र २०८१, मंगलवार
१९ चैत्र २०८१, मंगलवार

नवलपरासी, १९ चैत ।
कोलिय गणराज्यका राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा पुन:उत्खनन कार्य शुरु भएको छ । पुरातत्व कार्यालयका प्रमुख भास्कर ज्ञवाली सहितको टोलीले चार देखी कोलनगरको प्रचिन स्थलमा उत्खनन कार्य गर्न थालिएको जानकारी गराएका हुन । लुम्बिनी प्रदेश सरकारको लगानीमा रामग्राम नगरपालिका मार्फत सो उत्खनन कार्य थालिएको टोली प्रमुख ज्ञवालीले जानकारी गराएका थिए । गत पुस महिनमा पनि एक महिनासम्म पुरातत्व विभागको कार्यक्रम अनुसार उत्खनन गर्दै आएको र अहिले रामग्राम नगरपालिका मार्फत उत्खनन शुरु गरिएको बताउँदै उनले अहिले पनि उत्खनन कार्य एक महिनासम्म चल्ने बताएका थिए ।

पोखरी नजिकै एउटा ट्रेन्च लगाई उत्खनन गरि सकिएको र अर्को थप बगैँचाको उत्तर तर्फ टे«न्च लगाउने कार्य भई रहेको उनले देखाएका थिए । पोखरी नजिकै उत्खननबाट हड्डीहरू, धनुबाणमा प्रयोग हुने खालको हाडकै हतियार समेत फेला परेको छ । अर्को टे«न्चमा प्राचीन इँटाहरू रहेको पर्खाल जस्तै संरचना भेटिएका छन् । त्यसैलाई पछ्याउँदै टे«न्च विस्तार गर्दै लैजाने लक्ष्य रहेको छ । थप कार्य नगरपालिकासँग सहकार्य गर्दै गरिने उनको भनाई थियो ।

गत पुसमा उत्खनन्ले महत्वपुर्ण सामग्रीहरू फेला परेका थिए । नगरमा बस्ने सुरक्षाकर्मीको सेन्ट्रि स्थल रहेको अनुमान गरिएको थियो । यसले उत्खनन टोलीलाई पनि उत्साही बनाएको थियो । स्थानियबासीमा पनि उत्साह थपेको छ, । यस क्षेत्रको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारले पनि योजना बनाई काम गर्नु पर्छ । पुरातत्वविद ज्ञवालीका अनुसार भूभौतिक सर्वेक्षण अनुसारको पूर्वाधार भेटिन थालेको छ । प्राचिन सिल्कन माटाका भाडा, मुगा जस्ता बस्तु र प्राचिनका बाल्दै आइएको दियोहरू र खम्बाहरू गाडिएका अवशेष (पोष्टहोल) हरू फेला पर्दै जादा महत्वपुर्ण सिटी रहेको पुरातत्व विदहरूको भनाई रहेको छ । ठूलो क्षेत्रफलमा रहेको कोलनगरको पुरातात्विक स्थलको अब जग्गा अधिग्रहरण गरि उत्खनन र संरक्षणसँगसँगै गरिनुपर्ने आवश्यकता उनले औल्याएका थिए । त्यसका लागि जग्गाको लगत विवरण तयार गर्न समेत नगरपालिकासँग आग्रह गरिएको उनले सुनाएका थिए ।

विगतमा ६ सय मिटर लम्बाई ६ सय मिटर चौडाई क्षेत्रफल अनुमान गरिएको थियो,तर अहिले सो क्षेत्र विस्तार हुँदै १ किलोमिटर लम्बाई र एक किलोमिटर चौडाई भएको अनुमान गरिएको छ । विगत बर्षमा पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले भूभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा उत्खनन गर्न थालिएपछि पूर्वाधार भेटिन थालेको छ, यद्यपी यसको विस्तृत अध्ययन अझै पनि गर्नु पर्नेछ । बुद्धको मावली भएको उक्त स्थानको खोज अनुसंधानका लागि स्थानीयको मागसँगै युनेस्को लगायत अन्य देशी विदेशीहरूले समेत चासो ब्यक्त गर्दै आएका छन् ।

विगत दुई दशक देखि नियमित रूपमा उत्खनन, जिओफिजिक्स (भुभौतिक) सर्वे गर्दै पुरातात्विक खोज अनुसंधान भई रहेको छ । कोलिय राजाहरूको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्मस्थल हो । भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया, पालन गर्ने प्रजावति गौतमी, सिद्धार्थको बुद्धत्व (ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका बौद्धमार्गीका लागि एक महत्वपुर्ण स्थान हो । विभिन्न कालखण्डमा यो क्षेत्रलाई नै देवदह, ब्याग्रपथ,ब्याग्रपुर,बघौरतप्पा,राजधानी रामग्राम,कोलनगर हुँदै अहिले स्थानीयले पण्डितपुर भनेर संज्ञा दिइएका छन् । बुद्ध जन्मनु पुर्व कालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण(कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पुर्व ६ सय पुराना प्राचिन बस्तुहरू फेला परेका छन् । कोलिय गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी, पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर (निगम) हरू रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरूमा उल्लेखित छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?