ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

२१ मंसिर २०८२, आइतबार
२१ मंसिर २०८२, आइतबार

बुटवल, २१ मंसिर ।

आगामी चुनावमा नेपाली कम्युनिष्ट पार्टीको कसैसँग पनि गठबन्धन नहुने र विचारको आधारमा पछिल्लो नयाँ एकीकरण भएको नेता देवबहादुर गुरुङ्गले बताएका छन् । उनले एकीकरण समयको माग र देशको आवश्यकता रहेको भन्दै यस्ले देशलाई सही दिशमा लैजान सक्ने बलियो आधार खडा गरेको बताए । आइतवार रुपन्देहीको नेपाली कम्युनिष्ट पाटी एकता घोषणा कार्यक्रममा बोल्दै गुरुङ्गले यस्तो बताएका हुन् ।

उनले विगतमा भएका एकताहरुलाई आत्मसात गर्दे अहिलको एकिकरण भएकाले राम्रो प्रभाव छाड्ने बताए । प्राप्त उपलब्धीलाई रक्षा गर्नु अहिले आवश्यकता रहेको भन्दै एकीकरणले अभिभावको जिम्मेवारी पुरा गर्नु पर्ने दायित्व रहेको बताए । उनले चुनावले मात्रै निकास दिने भएकाले जसरी पनि चुनाव आवश्यक रहेको जिकिर गरे ।

उनले बाहिर रहेका दलका घटकहरुलाई पनि समायोजना ल्याउन प्रयास जारी रहेको छिटै उनीहरु पनि एकीकरणमा सहभागी भएर पार्टी र देश निर्माणमा सबै सहभागी रहने बताए । उनले एकीकरणबाट आएका सबै नेताहरुलाई आगामी एकता महाधिवेशबाट मिलाउने भन्दै सबैले पाटीलाई सहयोग र सकारात्मक सुझाव दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नेता चक्रपाणि खनालले नेतृत्वमा बसेकाहरु भाग्ने र सुरक्षा निकाय निरिह रहेको अवस्था र अहिले अवस्था फर रहेको भन्दै कमीकमजोरीहरुलाई समालेर व्यवहारिक बन्नुको विकल्प नरहेको बताए । उनले जेनजी आन्दोलनका कारण विचार मिल्नेहरुको एकीकरण आवश्यक महसुस भएको बताए । उनले एकीकरणमा सहभागी नभएकाहरु जनार्दन शर्मा, घनश्याम लगायतका नेताहरु अन्त्यमा केपी ओलीकै पक्षमा जाने भन्दै त्यसले नेपाली कम्युनिष्ट पाटीलाई कुनै असर नपार्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै नेता सोमप्रसाद पाण्डेयले आवश्यकताले एकीकरण भएको भन्दै यसले सकारात्मक सन्देश प्रवाह गरेको बताए । देशलाई निकास दिने पार्टी नेपाली कम्युनिष्ट पार्टीलाई आम सर्वसाधारणको विश्वासले ठुलो पाटी बन्नेमा कुनै शंका नभएको उनको धारणा छ । एकता घोषणा कार्यक्रममा नेता सुदर्शन बराल ,चिनबहादुरु गुरुङ्ग, निर्माल शर्मा लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?