ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ

२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

काठमान्डौ, २२ मंसिर ।

नेकपा एमालेका नेता परशु मेघी गुरुङले पार्टीभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको बताएका छन् । सोमबार काठमाडौँमा ईश्वर पोखरेल समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई मार्क्सवादी विचारधाराअनुसार सञ्चालन गर्न नसक्दा यस्तो अवस्था उत्पन्न भएको उल्लेख गरे ।

‘निर्देशित एकाधिकारवादी प्रवृत्तिका कारण गम्भीर विचलन देखा परेको छ,’ गुरुङले भने, ‘तर अब ११औँ महाधिवेशनबाट यस विचलनलाई सुधार गर्नुपर्छ । हाम्रो पार्टीलाई नागरिकहरूले समाधानको संस्था होइन, समस्याको रूपमा हेरेका छन् ।’

उनले सैद्धान्तिक राजनीतिक विचलनको समीक्षा आवश्यक रहेको बताए र पार्टीलाई यसबाट बचाउन सिद्धान्त, नीति र कार्यक्रमको महत्त्वलाई जोड दिए । गुरुङले नेतृत्वको शैली र पद्धति सुधार नगरी पार्टी रूपान्तरण असम्भव रहेको स्पष्ट पार्दै भने, ‘हाम्रो लोकतान्त्रिक विधि र पद्धति यति निर्देशित भएको छ कि पार्टीको बैठकमा खाइने खाजाको स्रोत समेत खोज्न सकिँदैन ।’

निर्देशित र एकाधिकार प्रवृत्ति हावी हुँदा पार्टीका कमिटीहरूले विभिन्न तहका सरकारको अपनत्व लिन नसक्ने अवस्था उत्पन्न भएको पनि उनले बताए । गुरुङले अहिले पार्टीलाई लोकतान्त्रिक ढाँचामा रूपान्तरण गर्नु प्रमुख आवश्यकता भएको बताए ।

कार्यक्रममा नेता विनोद ढकालले भने, ‘हामी कार्यकर्ताको भावनाअनुसार पार्टी चलाउनुपर्छ भन्ने मान्यतामा अडिग छौँ । ११औँ महाधिवेशनले यसअनुसार नेतृत्व चयन गर्नेछ ।’ उनले नेकपा एमालेको पुनर्गठन र रूपान्तरण आवश्यक रहेको भन्दै आफ्नो समूहबाट नेता ईश्वर पोखरेललाई अध्यक्ष पदको प्रत्याशीका रूपमा अघि सारेको जानकारी पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?