ट्रेंडिंग:

>> कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न >> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’ 

एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै

२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

काठमान्डौ, २२ मंसिर ।

नेकपा एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा उद्घाटन हुने भएको छ । महाधिवेशनको बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

महाधिवेशनमा आयोजक र निर्वाचित गरी करिब २ हजार ४०० प्रतिनिधिहरू सहभागी हुनेछन् । एमालेमा ७७ जिल्ला र ७ विशेष जिल्ला गरी कुल ८१ जिल्ला कमिटी रहेका छन् । प्रतिनिधि चयन सदस्यता अनुपात र निर्वाचन क्षेत्रलाई आधार बनाएर गरिएको छ ।

महाधिवेशनमा २९ सदस्यीय अनुशासन आयोग, ३० सदस्यीय केन्द्रीय लेखा आयोग, २५ सदस्यीय निर्वाचन आयोग र २५ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् रहेका छन् । केन्द्रीय कमिटी, आयोग तथा निकायका पदाधिकारी एवं सदस्य स्वतः प्रतिनिधि भएका छन् भने बाँकी प्रतिनिधि चुनावी विधिबाट चयन गरिएको छ ।

प्रदेशस्तरीय कमिटीबाट प्रत्येक पाँचजनामा दुई जना महिला सदस्यसहित ४५ जना प्रतिनिधि चयन भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत १२ सय पार्टी सदस्यमा आधारित, ४० वर्ष मुनिका एक युवा र कम्तीमा एक महिला समावेश गरी चार जना प्रतिनिधि निर्वाचित भएका छन् ।

महाधिवेशनमा करिब १० हजार स्वयंसेवक परिचालित हुनेछन् । यी स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन तथा कमिटीबाट चयन भएका छन् । राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) ले पनि महाधिवेशनमा स्वयंसेवकको भूमिका निभाउनेछ ।

उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा महाधिवेशनको जनपरिचालन समिति गठन गरिएको छ । समितिमा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा लगायत सदस्य रहेका छन् ।

सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुल्लाचौरमा करिब दुई लाख जनसहभागिताको क्षमता छ । उद्घाटनका लागि मञ्च व्यवस्थापन, शौचालयलगायत पूर्वाधार निर्माणका काममा स्वयंसेवक खटिएका छन् ।

पूर्वबाट आउने सवारीसाधनलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रसम्म व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?