Butwal Today

दसैँपछि सुनको मूल्य ह्वात्तै घट्यो, कति छ मूल्य ?

८ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

काठमाडौँ ।

स्थानीय बजारमा आज सुनको मूल्य रु ११ हजार ७०० र चाँदीको मूल्य रु २३० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम भएको छ । गत कात्तिक २ गते छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार १८५ कायम भएकोे थियो ।

दसैँ पर्वको कारणले करिब एक साता स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?