ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी

२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

नवलपरासी, २२ मङ्सिर । 

जिल्लाको रामग्राम नगरपालिका भित्र रहेका खोलाहरूबाट व्यापक रूपमा भई रहेको बालुवा भष्कट चोरी तस्करी गर्ने कार्य नरोकिएको गुनासो स्थानीयले गरेका छन् ।

नगरपालिकाको बेवास्ता र प्रहरीको मिलेमतोमा तस्करी हुने गरेको आरोप स्थानीयवासीले लगाएका हुन् । स्थानीयले आफ्ना घर प्रयोगका लागि त्यही भस्कट र बालुवा ल्याउन खोज्दा प्रहरीले रोक्ने तर खोला भित्रबाट खुलेआम चोरी तस्करी गर्दै भैरहवासम्म पु¥याउने कार्य भई रहँदा प्रहरी र जनप्रतिनिधिले कुनै वास्ता नगर्दा दिनप्रतिदिन खोलाबाट बालुवा भस्कट चोरी क्रम बढ्दै गएको रामग्राम १५ डिघवलका एक स्थानीयले बताए ।

हामी गाउँलेहरूले गाउँ छोएरै बगेको तुरिया खोलाबाट बालुवा र भस्कट ल्याउन खोजियो भन्ने सोधी खोजी हुन्छ, उनले भने, तर प्रहरीको मिलेमतोमा गाउँको दक्षिण र उत्तर तर्फबाट खुलेआम खोलाबाट चोरी निकासी हुने गरेको छ । यसमा जनप्रतिनिधिको मौन स्वीकृति भएको उनका भनाइ थियो ।

जनताले कर बुझाएन भन्ने काम रोक्ने र ताकेता गर्ने तर त्यही खोलाबाट लाखौँको राजस्व गुम्दा पनि नगरपालिकाले नबोल्ने नगरपालिकाको दोहोरो चरित्र देखाएको उनको आरोप थियो ।

प्रहरीलाई फोन गर्दा प्रहरीबाट फोन नम्बर तस्करी गर्ने व्यक्तिले पाउँछन्, विभिन्न बहानामा निहुँ खोजेर धम्काउने तर्साउने कार्य गर्ने गर्दा अहिले प्रहरीलाई फोन गरेर जानकारी गराउने कार्य पनि गर्न छाडियो ।

फोन आउँदा प्रहरीले तस्करी रोक्नु भन्दा त्यही फोनलाई आधार बनाई आफ्नो भागको रकम वृद्धिका सौदाबाजी गर्ने समेत गरेको उनको भनाई थियो ।

तस्करहरूले तिमी फोन गरेर के पाउँछौँ भन्दै धम्काउने गर्छन्,उनले थपे,केही खर्च थपिने हो, तिमिहरूले रोकाउन सक्छौ ? भने रोकाएर देखाऊ भनेर धम्किपूर्ण भाषा प्रयोग गर्दा आँखा अगाडि नै चोरेर लैजाँदा गाउँले निरीह बनेको उनको गुनासो थियो ।

नगरपालिकालाई यदि राजस्व उठाउन सक्दैन, रोक्न पनि सक्दैन भने खुल्ला गरे पनि भयो, जसलाई जति आवश्यकता पर्छ, सोही अनुसार सबैले आफ्नो उपयोगमा ल्याउन सक्छन् । खोलामा तस्करी राज चलाउन किन छुट् दिएको छ, नगरपालिकाले उनले प्रश्न गरेका थिए ।

नगरपालिकासँग आफ्नै एक्स्काभेटर पनि छ, नगरपालिका नजिकै त्यही झरही नदीमा घुमाउने फिराउने र इन्धन खर्च देखाएर रकम कुम्ल्याउने बाहेक केही भएको छैन । नगरपालिका कै एक्स्काभेटर छ, भने नदीको वातावरणीय प्रभाव मूल्याङ्कन गराई खोला जन्य पदार्थ उत्खनन गरी भण्डारण गर्न पनि सक्छ ।

त्यो भण्डारणबाट जो सुकैले तोकिएको राजस्व तिरेर लैजान फाउँछ । खोलामा तस्करको राज प्रहरीको भाग मात्रै देखिन्छ, सुक्रौलीका एक स्थानीयले भने, यसमा जनप्रतिनिधिहरूको पनि पक्कै मिलीभगत नभई कसरी खोलामा चोरी हुन्छ ? रामग्राम नगरपालिका भित्र बालुवा र भस्कट ठुलो मात्रामा हुने तुरिया, झरही र भलुहि खोला छ ।

बेलामै निकासी ठेक्का लगाइयो भने करोड बढीको राजस्व र्संकलन हुन सक्छ । त्यसले सबैलाई न्यायोचित व्यवहार हुन्छ । चोरी तस्करीले उपभोक्तालाई कुनै पनि लाभ छैन, उल्टै तस्करले सबैलाई मिलाएर ल्याउनु पर्छ भनेर महँगो दररेट सुनाउँछन् ।

आखिरमा ती सबै बालुवा र भस्कट चोरेर भण्डारण गर्ने र टिपरमा लोड गरी भैरहवासम्म जाने गरेको उनको दाबी थियो । चोरी तस्करीमा ध्यान पु¥याउनु पर्ने नागरिक समाजका सचिव अनिल अग्रहरीले बताए ।

यता नगरपालिकाले गत वर्ष केही मात्रामा बालुवा र भस्कट निकासी गरी घाटगदिद् गरेर ठेक्का मार्फत नै निकासी भइरहेको दाबी गरेको छ । तर नगरपालिकाको घाटगद्दि नजिकैबाट पनि खोलामा ठुलो मात्रामा निकासी गरिएको स्थानीयले स्थान देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?