ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो

२१ मंसिर २०८२, आइतबार
२१ मंसिर २०८२, आइतबार

चन्द्रौटा, कपिलवस्तु, २१ मंसिर –

नुडल्स तथा स्न्याक्स क्षेत्रमा अग्रणी ब्राण्ड “करेन्ट नुडल्स” का निर्माता यशोदा फुड्सले दिगोपना र हरित ऊर्जा क्षेत्रमा महत्वपूर्ण कदम चालेको छ। कम्पनीले चन्द्रौटा, कपिलवस्तुस्थित आफ्नै उत्पादन प्लान्टमा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार प्रणाली सफलतापूर्वक जडान गरेको छ।

२३ नोभेम्बर २०२५ देखि सञ्चालनमा आएको यस परियोजनाले प्लान्टको विद्युत आवश्यकताको करिब ८० प्रतिशत पूरा गर्नेछ र ऊर्जा खर्च ६५ प्रतिशतले घटाउने अपेक्षा गरिएको छ। यससँगै यशोदा फुड्स नेपालमै पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने उद्योग बनेको छ। कम्पनीले यस प्रोजेक्टमार्फत “नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी” को उपाधि पनि आफ्नो नाममा दर्ता गराएको छ।

ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. साहले उद्घाटन कार्यक्रममा भने कि ८६५ केडब्ल्यूपी क्षमताको यस सौर्य प्लान्टबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुनेछ र यसले २,००० टन सीओ₂ उत्सर्जन घटाउनेछ। यसले उत्पादन लागत कम गरेर कम्पनीलाई थप प्रतिस्पर्धी बनाउनेछ।

यस परियोजनाको निर्माण नेपालकै अग्रणी स्मार्ट सोलार समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिले सम्पन्न गरेको हो। परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सुविधा उपलब्ध गराएको थियो भने जर्मन सहयोगी डीकेटीआई र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) ले व्याजअनुदानसहितको सहयोग प्रदान गरेको थियो।

एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राईले यस्ता परियोजनाले नेपाली उद्योगलाई डिकार्बोनाइजेशनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने र अन्य उद्योगहरूलाई पनि स्वच्छ ऊर्जा अपनाउन प्रेरित गर्ने बताए। प्राइम रिन्यूएवल्सका अध्यक्ष आशिष गर्गले छ महिनाभित्र नविनतम सोलार पीभी प्रविधि, उच्च कार्यक्षमताका बाइफेसियल सोलार प्यानल र एआई सक्षम स्मार्ट इनभर्टर प्रयोग गर्दै परियोजना सफलतापूर्वक सम्पन्न गरेकोमा खुशी व्यक्त गरे।

विश्वभर सौर्य ऊर्जा दिगोपन र वातावरणमैत्री ऊर्जाको रूपमा तीव्र गतिमा फैलिरहेको छ। नेपालमा पनि उद्योगहरूले रूफ–टप सोलार प्रणालीलाई कम लागतको वैकल्पिक ऊर्जा स्रोत र डिकार्बोनाइजेशन उपायका रूपमा अपनाउन थालेका छन्। एईपीसीका अनुसार हालसम्म २५ मेगावाट क्षमताका ५० भन्दा बढी उद्योगहरूले यस्ता परियोजना जडान गरिसकेका छन् र संख्या दैनिक रूपमा बढ्दै गएको छ। उद्घाटन कार्यक्रममा यशोदा फुड्स, एईपीसी र प्राइम रिन्यूएवल्सका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?