ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध

२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

काठमाडौं, २२ मंसिर  ।

सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले सोमबार ललितपुरको नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डाटा सेन्टरको अवलोकन भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनलाई एनसेलका अध्यक्ष सतीशलाल आचार्य, प्रमुख कार्यकारी अधिकृत माइकल फोले तथा कम्पनीका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए।

अवलोकनपछि आयोजित बैठकमा एनसेलका अध्यक्ष र सीईओले कम्पनीको सेवा, संचालन, राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदान तथा पछिल्लो ‘जेन जी’ आन्दोलनबाट भोग्नुपरेको क्षतिबारे जानकारी गराए। आन्दोलनका क्रममा एनसेलले करिब ६५ करोड रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको थियो। विशेषगरी काठमाडौंस्थित एनसेल आइकन भवनसहितका संरचनामा गम्भीर नोक्सानी पुगेको कम्पनीले जनाएको थियो।

मन्त्री खरेलले दूरसञ्चार क्षेत्रमा एनसेलको योगदानप्रति प्रशंसा व्यक्त गर्दै सरकार लगानीमैत्री वातावरण बनाउन कटिबद्ध रहेको स्पष्ट पारे। उनले एनसेललाई ग्रामीण भेगमा किफायती र गुणस्तरीय दूरसञ्चार सेवा विस्तार गर्न तथा सगरमाथा क्षेत्रमा समेत सेवा सञ्जाल बलियो बनाउन सुझाव दिए।

“जेन जी आन्दोलनका क्रममा एनसेललाई भएको ६५ करोड क्षतिप्रति सरकार दुःखी छ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न अनुकूल वातावरण बनाउनेतर्फ सरकार गम्भीर छ। सरकार एनसेलको साथमा छ,” मन्त्री खरेलले भने। उनले एनसेलले ल्याउन लागेको युवामैत्री ‘जेन जी प्याक’ र हरेक वर्ष १०० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने योजनाको पनि प्रशंसा गरे।

बैठकमा सीईओ माइकल फोलेले आगामी वर्षदेखि एसईईमा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति दिन १ करोड रुपैयाँको कोष स्थापना गर्ने घोषणा गरे। उनले विद्यार्थीहरूका दूरसञ्चार आवश्यकताका लागि छिट्टै ‘जेन जी प्याक’ सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।

फोलेले निरन्तर सेवा, सहनशीलता र नयाँ संकल्पसहित कम्पनीले आफ्नो यात्रा जारी राख्ने बताएका थिए। डिजिटल नेपाल निर्माणको सरकारको लक्ष्यमा एनसेल महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै उनले कम्पनीको डेटा सेन्टरलाई डिजिटल रूपान्तरणका आधारभूत संरचनामध्ये एक प्रमुख अवयव भएको बताए।

विगत दुई दशकदेखि एनसेलले दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा रूपान्तरण ल्याउँदै रोजगार सिर्जना, सामाजिक–आर्थिक विकास र डिजिटल नेपालको भिजनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।

देशका सबैभन्दा ठूला करदातामध्ये एक एनसेलले आर्थिक वर्ष २०८१/८२ सम्ममा कर तथा शुल्क मिलाएर झण्डै ३६० अर्ब रुपैयाँ जम्मा गरेको जनाएको छ। कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १ लाख रोजगारी सिर्जनामा सहयोग पु¥याएको छ।

व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य, वातावरणलगायत क्षेत्रका परियोजनामा २ अर्ब रुपैयाँभन्दा बढी लगानी गरी संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरू हासिल गर्ने सरकारी प्रयासमा समेत हातेमालो गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?