ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग

२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

बुटवल, २२ मंसिर ।

योजना प्रमुखमाथि अभद्र व्यवहार गरी कालोमोसो दल्ने र दुव्र्यवहार गर्ने कार्य गरेको भन्दै राष्ट्रिय आवास कम्पनी योजना कार्यालय नवलपरासीका कर्मचारीहरुले दोषीलाई कारबाहीको माग गरेका छन् । आवास कम्पनीमा कार्यरत कर्मचारीहरुले एक बिज्ञप्ती जारी गर्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका हुन् । उनीहरुले सुरक्षित रुपमा काम गर्ने वातावरण तयार गर्न विज्ञप्ती मार्फत अनुरोध गरेका छ्न ।

कार्यालय प्रमुख र कर्मचारीहरूमाथिको अभद्र व्यवहारप्रति कार्यालय कर्मचारी परिवारले कडा आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का नगरस्तरका केही कार्यकर्ताले योजना कार्यालय प्रमुखमाथि अनधिकृत रूपमा प्रवेश गरी ८–१० जनाको समूहमा दुरुत्साहनमूलक र धम्क्याउने शैलीमा व्यवहार गरेको उल्लेख गरिएको छ । विवादका नाममा राजनीतिक समूहले कार्यालय प्रमुखमाथि आरोप लगाउँदै अत्यन्तै अपमानजनक ढंगले प्रस्तुत भएको र यसले कार्यालयको कामकाज र कर्मचारीको मनोबलमा गम्भीर असर परेको कर्मचारी परिवारले जनाएको छ ।

कर्मचारी परिवारले शान्त वातावरणमा काम गर्न पाउनुपर्ने अधिकार हनन भएको बताउँदै, यस्तो व्यवहारले सरकारी कार्यालयलाई नै लक्षित गरी आतंकित बनाउन खोजिएको टिप्पणी गरेको छ । यस्तै, बिना प्रमाण आरोप लगाएर अभद्र व्यवहार गर्ने जो कोहीमाथि छानबिन गरी कानुनी कारबाही गर्न राज्यसमक्ष माग गरिएको छ ।

विज्ञप्तिमा योजना कार्यालयका सम्पूर्ण कर्मचारी र परिवारको तर्फबाट कार्यालय प्रमुख र कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

राष्ट्रिय आवास कम्पनीका प्रमुख महेन्द्र थापालाई आइतवार दिउँसो नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा सङ्गठनले कालोमोसो दलेका थिए । उनीमाथि अनियमितता र अख्तियार दुरुपयोग लगायतको आरोप लगाउँदै दुव्र्यवहार गरिएको नेकपा बहुमतले जारी गरेको पर्चामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?