ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

१८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल

२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

बुटवल, २२ मङ्सिर ।

लुम्बिनी निर्माण व्यवसायी सङ्घ जिल्ला कार्यसमिति रुपन्देहीले १८ औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा भैरहवास्थित कार्यालय परिसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा उपस्थित वक्ताहरूले निर्माण दिवसले निर्माण व्यवसायीको पहिचान, योगदान र दायित्वलाई उजागर गर्ने महत्त्वपूर्ण अवसर बन्ने बताउँदै वर्तमान परिस्थितिमा निर्माण क्षेत्रले भोगिरहेका चुनौती समाधानका लागि सबै निकाय गम्भीर हुनुपर्ने धारणा राखेकी थिइन ।

केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझी रायमाझीले मुलुकको कुल भौतिक पूर्वाधार विकास निर्माण व्यवसायीको सक्रिय सहभागितामा निर्भर रहने उल्लेख गर्दै हाल निर्माण क्षेत्रले सामना गरिरहेको भुक्तानी समस्या, ढिलासुस्ती, कानुनी अस्पष्टता र आवश्यक नीति–सुधार जस्ता मुद्दाहरू तत्काल सम्बोधन हुनुपर्नेमा जोड दिए ।

उनले राज्य र निर्माण व्यवसायीबिच सहकार्य मजबुत भए मात्र दिगो विकास सम्भव हुने स्पष्ट पारे ।

उपप्रमुख अधिकारीले स्थानीय तहबाट भइरहेका विकास निर्माणका कामहरूलाई प्रभावकारी बनाउन इमानदारी, पारदर्शिता र गुणस्तरीय कार्यान्वयन अनिवार्य रहेको बताइन ।

उनले निर्माण व्यवसायीहरूले कठिन परिस्थितिमा समेत विकास निर्माणलाई निरन्तर अघि बढाइरहेको योगदानको प्रशंसा गर्दै दिवसले अझ जिम्मेवारी बोध बढाउने विश्वास व्यक्त गरे ।

अध्यक्ष भुसालले सङ्घको भूमिकालाई अझ मजबुत बनाउँदै निर्माण क्षेत्रका समस्या समाधानमा आवाज उठाइरहेको बताए । उनले “निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो ।

त्यसैले व्यवसायीले भोगिरहेका चुनौती, कर–जटिलता, ठेक्का प्रक्रियामा देखिने ढिलाइ र भुक्तानी अवरोध जस्ता समस्यामा राज्य तत्काल जिम्मेवार हुनुपर्छ,” ।

कार्यक्रम अध्यक्ष भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझी प्रमुख अतिथि तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी विशिष्ट अतिथि रहेका थिए ।

साथै, लुम्बिनी प्रदेश निर्माण व्यवसायी सङ्घका उपाध्यक्ष नारायण भुसाल, सहदेव खड्का, कोषाध्यक्ष त्रिभुवन दत्त मिश्र, पूर्व अध्यक्ष तथा सल्लाहकारहरू छेदीलाल श्री वास्तव, दामोदर शर्मा घिमिरे, बलराम शर्मा, मायादेवी च्यारिटेबल फाउन्डेसनका अध्यक्ष रवि कुमार रौनियार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक शुभम रौनियारले अतिथिहरूलाई स्वागत गरेका थिए भने कार्यक्रम सङ्घका महासचिव प्रितम रौनियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?