ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन

२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

मणिग्राम, २० मंसिर।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३, बिर्घाका बासिन्दा ८४ वर्षीय केशरी पाण्डेको सहस्रचन्द्र दर्शन उत्सव (चौरासीपूजा) यस वर्ष विशेष र भावनात्मक क्षणले भरिएको रह्यो। उत्सवका अवसरमा नातेदाजुभाइ–ज्वाइँहरूले नेपालमै दुर्लभ मानिने अनौठो उपहार प्रदान गर्दै उहाँकै जीवनीसहितको ५२ पृष्ठको रंगीन पुस्तक सार्वजनिक गरे ।

धोवादीखोला तटमा आयोजित पूजाको मुख्य समारोहमा ड्राइभरटोल–रूपन्देहीका तोलाकान्त भण्डारी, बुटवल–पोखराबारीका उपप्राध्यापक भेषराज ढकाल र काठमाडौँ–सोह्रखुट्टेका छायाँदत्त खरालले गोप्य रूपमा पुस्तक प्रकाशन गरी चकित पार्ने शैलीमा केशरी पाण्डेकै हातबाट विमोचन गराए। परिवारका सदस्यदेखि कार्यक्रमस्थलमा उपस्थित सयौँ आगन्तुक पुस्तक देखेर आश्चर्यचकित बने।

विमोचन कार्यक्रम साहित्यकार तथा सामग्री संकलक खगेन्द्रप्रसाद बस्यालको सञ्चालनमा सम्पन्न भयो। पूर्वसांसद मोहनप्रसाद पाण्डेय, परिवारका ज्येष्ठ सदस्य तथा प्रकाशकहरूका उपस्थितिमा पुस्तक संयुक्त रूपमा सार्वजनिक गरिएको थियो।

प्रकाशक तथा वास्तु कन्सल्टेन्ट तोलाकान्त भण्डारीले ज्वाइँको भूमिका परम्परा र समाजमा दायित्वपूर्ण मानिँदै आएको उल्लेख गर्दै, “ज्वाइँहरू केवल दातव्य ग्रहण गर्ने मात्र होइनन्, छोरासरह कर्तव्य निर्वाह गर्ने पात्र हुन्। त्यसैले हामीले यो कृति जीवनको सम्मानस्वरूप अर्पण गरेका हौं,” भने।

उपप्राध्यापक भेषराज ढकाल र छायाँदत्त खरालले पुस्तकलाई परम्परा, दर्शन तथा शास्त्रीय दृष्टिकोणले ज्वाइँलाई छोराको विकल्प रूपमा स्थापित गर्ने सामाजिक जागरणको संदेशसहित प्रकाशित गरिएको बताए।

पुस्तकमा केशरी पाण्डेको जीवन यात्रा, चौरासीपूजाको धार्मिक–सामाजिक महत्व, पारिवारिक शान्तिका लागि वास्तुविज्ञानको चर्चा, कुल–वंशको genealogy, विस्तृत पारिवारिक सञ्जाल, आफन्तका शुभकामना तथा उहाँले गरेका देश–विदेश यात्राका तस्वीरसम्म समावेश गरिएका छन्।
पुस्तकको सामग्री भानिज तथा साहित्यकार खगेन्द्रप्रसाद बस्यालले संकलन गरेका हुन् भने नाति मुक्तिनाथ गैह्रेले सम्पादन गरेका छन्।

मूलपूजक केशरी पाण्डेका छोरा ताराप्रसाद पाण्डे, बुहारी भगवती पाण्डे तथा छोरीहरू– लक्ष्मी भण्डारी, तुलसा ढकाल र सीता खरालसहित नाति–नातिनाले “अनपेक्षित तर हृदयस्पर्शी उपहारले चौरासीपूजामा नौलो आयाम थपिएको” उल्लेख गर्दै प्रकाशकप्रति आभार व्यक्त गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?