ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

नयाँ शिराबाट सोच्ने बेला आएन र ? 

२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

पछिल्लो समय विदेशमा आउने रेमिट्यान्समा बृद्धि भएको छ ।

विदेशबाट पैसा आउँदा नेपालीको क्रय शक्ति बढेको छ तर बिदेशबाट पैसा ओइरिँदा नेपालबाट बाहिरिने पैसाको विषयमा भने चासो र चिन्ता नहुँदा त्यसले भोलिको दिनमा विकराल अवस्था आउन सक्ने कुरामा अहिलेदेखि नै खबरदारी गर्नु जरुरी देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार विदेशका विभिन्न कलेजमा नेपाली विद्यार्थी अध्ययनका लागि भन्दै साउनयताको चार महिनाको अवधिमा करिब ४० अर्ब रुपियाँ बाहिरिएको छ । नेपाली पैसा यसरी नै विदेश पलायन हुनु अत्यन्त दुःखको कुरा हो ।

यसले के देखाएको छ भने विदेशबाट आउने नेपाली पैसा र नेपालबाट बिदेसिने पैसाको बिचमा तादात्म्यता छैन । यसले भोलिको दिनमा ठुलो समस्या उत्पन्न गर्न सक्छ । यद्यपि नेपालको ढुकुटीमा एक वर्ष बढी समयलाई आयात धान्ने विदेशी मुद्राको सञ्चय छ ।

तर पनि आउने भन्दा बिदेसिने पैसा बढी भयो भने त्यसले भोलिको दिनमा नेपाली अर्थतन्त्रमा चुनौती थपिन सक्छ । यो विषयमा नेपाल सरकार र अर्थबीदहरूले अहिलेदेखि नै चासो र चिन्ता गर्नुपर्ने समय आएको छ । समय घर्केपछिको चिन्ताले परिणाम दिन सक्दैन ।

यो भन्दा अर्को ठुलो चिन्ता के छ भने अध्ययनका लागि विदेश गएका नेपाली विद्यार्थी उतै स्थायी बसोबास गरि बस्न थालेका छन् । यसले नेपाली पैसा मात्रै बिदेसिएको छैन, नेपालको श्रम र दक्ष जनशक्ति समेत बाहिर पलायन भैरहेको छ । अर्कोतर्फ नेपाल युवाविहीन हुने हो कि भन्ने चिन्ता थपिएको छ ।

त्यही भएर सरकारले जनसंख्या बृद्धिको नयाँ रणनीति समेत तय गर्न लागेको छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, जर्मन, बेलायत जस्ता देशमा नेपाली विद्यार्थीको संख्या बाढी जस्तै अधिक छ ।

विदेशमा अध्ययनका लागि भनेर गएका उनीहरूलाई पछि स्वदेशमा ल्याउने र सीप अनुसारको काम दिने सरकारको कुनै योजना छैन् । बरु विदेशी मुलुकसँग श्रम सम्झौता गरेर बाँकी रहेका कम शिक्षित युवालाई पनि विदेश नै पठाउने सोच नेपाल सरकारले राख्दै आएको छ ।

यसले कालान्तरमा नेपाल युवाविहिनमात्रै होइन, नेपालको जनसंख्यामा पनि भारी असर पर्ने देखिएको छ ।

पछिल्लो समय अध्ययनका लागि बाहिर जाने युवाको संख्याले भविष्यमा यहाँ दक्ष जनशक्तिको अभाव हुने जोखिम देखाएको छ । अर्कोतर्फ नेपालका क्याम्पस खाली हुने चिन्ता डरलाग्दो रूपमा बढिरहेको छ । यो विषयमा चिन्तामात्रै गरेर हुँदैन यसको निकास के हुन सक्छ भन्नेतर्फ पनि ध्यान दिनु जरुरी छ ।

विगत केही बर्षयता अमेरिका, अष्टे«लिया, जर्मन, बेलायत, क्यानडा, पोर्चुगल लगायतका देश गएका घरका बुबा आमाले गर्न गर्ने अवस्था थियो । तर, पछिल्लोसमय पछुतो मान्नुपर्ने अवस्था सिर्जना भएको छ । छोरा छोरी विदेश अनि बुढा आमा बुबा स्वदेशमा बुढो घर कुरेर बुढ्यौली बिताउनुपर्ने बाध्यता उत्पन्न भैसकेको छ ।

छोरा छोरी ठुलो देश जाँदा गर्ब गर्ने अवस्था अव हट्दैछ । मुलुकमा सञ्चालित क्याम्पसहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । यसबाट नेपाली विद्यार्थी विदेश पलायनमात्रै होइन, विद्यार्थीकै कारण भएको रोजगारी सिर्जनाको आधार पनि अव गुम्ने अवस्था उत्पन्न भएको छ ।

तसर्थ अवको दिनमा युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्नुपर्ने जरुरी छ । त्यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समय अनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक छ । विश्व धेरै अगाडी बढिसकेको छ । एआईको जमाना आईसकेको छ ।

विदेश पलायनको अर्को विकल्प युवाहरूले देख्नै छाडिसकेका छन । नेपालमा केही छैन, केही गर्न सकिदैन भन्ने मानसिकता विकास भएको छ ।

युवा पुस्ता देशमा किन बस्न चाहेनन् भन्ने विषयमा सोच्न ढिला भइसक्यो । छोरा छोरी मुग्लान अनि बाबु आमा बुढ्यौली कटाउँदै दिन बिताउनुपर्ने अवस्थाको अन्त्यका लागि अव नयाँ शिराबाट सोच्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?