ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी

२१ मंसिर २०८२, आइतबार
२१ मंसिर २०८२, आइतबार

पाल्पा ।

राम बहादुर कुमालको नाम सुन्ना साथ उनी बनाउने तरकारीको बिरुवा सम्झिन्छन्। तर कुमालले कहिल्यै कल्पना गरेका थिएनन् कि आफ्नो नामसँगै बिरुवाको नाम पनि जोडिनेछ। तानसेन नगरपालिकाको तेल्घाका बस्ने कुमाल दिनभर आफ्नो खेतिमा तरकारी उब्जाएर जीवनयापन गर्ने किसान हुन्।

कुमालले २०७० सालमा आवश्यक तरकारीको बिउ र मल ल्याउन गएका बेला पसलधनी केशव भट्टराईको सल्लाहअनुसार बिरुवा उत्पादन गर्न सुरु गरे। यही प्रयासबाट उनको नर्शरी व्यवसाय जन्मियो। प्रारम्भमा दैनिक दुई सय बिरुवा उत्पादन गरेर प्रति बिरुवा दुई रुपैयाँ दरमा बिक्री गर्दा हप्तामा १५०० रुपैयाँ आम्दानी हुन्थ्यो। अहिले उनले मौसमी र बेमौसमी तरकारीका बिरुवा उत्पादन गर्दै वार्षिक तीन लाख रुपैयाँ बराबरको आम्दानी गर्ने गरेका छन्।

कुमालले मौसमी काउली, बन्दा, साग, प्याज मात्र नभई सयपत्री फूल र कागतीका बिरुवा पनि निरन्तर उत्पादन गर्दै आएका छन्। जिल्ला कृषि विकास कार्यालयबाट प्राप्त तालिमले उनलाई तरकारी खेति र बिरुवा उत्पादन सजिलो बनाएको छ। कुमालले आफ्नै बारीमा वर्षभर चार जनालाई दैनिक पाँच सय रुपैयाँ ज्याला दिने गरी रोजगारी प्रदान गर्दै आएका छन्।

उनले आफ्ना छिमेकी जिल्लाहरू अर्घाखाची, गुल्मी, स्याङजा लगायतका किसानलाई पनि बिरुवा उपलब्ध गराउँदै कृषक समुदायमा योगदान पुर्‍याएका छन्। कुमालका अनुसार, “खेति बाट राम्रो आम्दानी लिन सकिन्छ, बजार खोज्न जानै पर्दैन, आजकल फोनको माध्यमबाट घरमै बिक्री हुन्छ।”

कुमालको आफ्नै तीन रोपनी जमिन छ, तर पर्याप्त नर्शरी र खेति जमिन नभएकाले वर्षमा २० हजार रुपैयाँ तिर्ने गरी अतिरिक्त जमिन भाडा लिएर उत्पादन गर्दै आएका छन्। उनले आफ्ना भाइ–छोराहरूलाई पनि कृषि र यसको महत्व बुझाउन नसकेको अनुभव साझा गरे।

कुमालका दुई छोराहरू मध्ये जेठो छोरो भारतमा काम खोज्न गएको छ भने कान्छो छोरो लुम्बिनी मेडिकल कलेजमा कार्यरत छन्, छोरी नेपाल प्रहरीमा कार्यरत छिन्।

उहाँले बताए अनुसार बिरुवा उत्पादन सजिलो देखिए पनि वास्तविकतामा संवेदनशील र चुनौतीपूर्ण छ। बिउ राम्रो नभए बिरुवा उत्पादन हुँदैन, कीरा–फटाङ्राबाट जोगाउनुपर्छ र घाम–पानी आवश्यक मात्रामा हुनुपर्छ। पहिले दैनिक दुई सय बिरुवा बिक्री गरिन्थ्यो भने हाल उन्नत र हाइब्रिड जातको बिरुवा उत्पादन गरी दैनिक पाँच सय बिरुवा बिक्री भइरहेको छ।

कुमाल भन्छन्, “कृषिलाई सरकारले पर्याप्त महत्व दिएका छैनन्। व्यवसायीक रुपमा तरकारी खेति र नर्शरी गर्न प्राविधिक सुझाव बिना प्रतिबन्धित रसायन प्रयोगले मन दुखाएको छ। तर सही ज्ञान र मेहनतले आम्दानी र कृषक समुदायमा योगदान गर्न सकिन्छ।”

राम बहादुर कुमालको कथा नेपाली किसानको परिश्रम, सृजनशीलता र दिगोपना दिगो व्यवसायमा रूपान्तरणको उदाहरण बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?