ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

नेपालगञ्ज, २२ मंसिर ।

विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष यो कार्यक्रम गर्ने तय गरिएको दुतावासका प्रथम सेक्रेटरी कुमार विक्रम रेग्मीले बताएको छलफलमा सहभागी धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए ।

थाइल्याण्डका लागि नेपाली राजदुत धनबहादुर ओलीको संरक्षकत्वमा उपनियोग प्रमुख मोतीबहादुर श्रीसको संयोजकत्वमा थाइल्याण्डमा कार्यरत संघसंस्थाहरु सदस्य रहनेगरी मुल आयोजक समिति गठन गरिएको दुतावासद्धारा जारी प्रेसविज्ञप्तिमा जनाइएको छ । त्यसमा उद्यमी कुमार कार्कीलाई बजेट तथा कोष व्यवस्थापन उपसमिति सयोजक चयन गरिएको उल्लेख छ । त्यसैगरी मुन गुरुङलाई व्यवस्थापन एवं समन्वय उपसमिति संयोजक, विप्लव रेग्मीलाई सुचना प्रविधि तथा प्रचार प्रसार उपसमिति संयोजक, प्रेम अधिकारीलाई प्राविधिक तथा स्थलगत व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

त्यस्तै नेपालमा समन्वय तथा प्रचारप्रसार गर्न एभरेष्ट म्याराथनका संस्थापक विक्रम पाण्डे र टीएस ठकुरीलाई जिम्मेवारी दिइएको छ । नेपालबाट उक्त बैठकमा सहभागी ठकुरी विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)का नेपाल प्रतिनिधि हुन् भने ११ बर्षदेखि निरन्तर आयोजना हुँदै आएको नेपालकै सहज कोर्ष मानिएको धारा नेपालगन्ज म्याराथन तथा नेपाल रनिङ इन्टरनेसनल कन्फ्रेन्सका संस्थापक हुन् ।

बैठकमा नेपालबाट धारा नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीका साथै नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर दामोदर मिश्रका साथै गैरआवासीय नेपाली संघ थाइल्याण्ड, पिपल अफ नेपाली ओरिजिन एसोसियसन, थाई नेपाल संघ, थाई नेपाल फ्रेन्डसीप एसोसियसन, संयुक्त राष्ट्र संघका प्रतिनिधि, वेष्टर्न युनियन, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, किङ मुकुट विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, थाइल्याण्डमा विभिन्न पेशा र व्यवसायमा आवद्ध उद्यमीहरु लगायत केही थाई नागरिकको समेत उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?