ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

 काठमाडौँ, २२ मङ्सिर ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताबिच साँघुरिन, खुम्चिन र आइसोलेसनतर्फ जाने अवस्था देखिन थालेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौँमा आयोजित एघारौँ महाधिवेशनसम्बन्धी अन्तर संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यो लोकतान्त्रिक इतिहास बोकेको पार्टी व्यक्तिवादी र केही व्यक्तिको निर्णयबाट चल्ने स्थितितर्फ विकसित हुँदै गएको छ,’ पाण्डेले भने, ‘जस कारण नेकपा एमाले जनताको बिचमा साँघुरिने, खुम्चिने र आइसोलेसनमा जाने अवस्था देखिँदै छ ।’

उनका अनुसार नवपुस्ताले पनि अब चुनाव नहुने, प्रतिस्पर्धा गर्न नपाइने र माथिबाटै सूची तय हुने पार्टीप्रति आकर्षण देखाउने सम्भावना कम छ ।

‘विस्तार भइरहनुपर्ने, नवपुस्ताबिच लोकप्रियता बढ्नुपर्ने पार्टी नै चुनाव नहुने, प्रतिस्पर्धा गर्न नपाइने र माथिबाट लिस्ट पेस हुने संरचनामा गएपछि नवपुस्ताले किन आउँछ ? जहाँ सम्भावनै छैन,’ पाण्डेले भने ।

यस स्थितिलाई बदल्न आवश्यक रहेको उल्लेख गर्दै उनले कानुनी र संवैधानिक सुधार पनि अपरिहार्य रहेको बताए । पार्टीमा एक व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाइने व्यवस्था कानुनमै राख्नुपर्ने उनको सुझाव छ ।

‘यो राजनीतिक प्रश्न मात्र होइन । यसको समाधान कानुनी र संवैधानिक रूपमा पनि गर्नुपर्छ । एक व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाओस् भन्ने व्यवस्था कानुनमै ल्याउनुपर्छ,’ उनले भने ।

नयाँ बनेका राजनीतिक दलहरूमा पनि यही समस्या दोहोरिन थालेको उल्लेख गर्दै पाण्डेले चिन्ता व्यक्त गरे ।

‘पुराना मात्र होइन, नयाँ बनेका पार्टीहरूमा पनि उही समस्या देखिन्छ । अहिले जो नेता छन्, उनीहरू पनि अध्यक्षको पद छाड्न चाहँदैनन्,’ उनले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?